नेशनल माइक्रोफाइनान्सद्धारा मोवाइल र एसएमएस बैकिङको शुरुवात

नेशनल माइक्रोफाइनान्सद्धारा मोवाइल र एसएमएस बैकिङको शुरुवात
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पांचौ बर्ष पुरा गरी छैठौं बर्षमा प्रबेश गरेको उपलक्ष्यमा मोवाइल बैकिङ र एसएमएस बैकिङ सेवाको शुरुवात गरेको छ । धादिङ शाखाकी सदस्य कोपिला श्रेष्ठको खातामा रु.५०० जम्मा गरि उक्त मोवाइल बैकिङ सेवाको शुरुवात संस्थाका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले गरे । संस्थाको मोवाइल बैकिङ सेवा वाट यूटिलिटि पेमेन्ट,  मोवाइल रिचार्ज तथा रकम ट्रान्फरको सुबिधा प्रात्त गर्न सकिने छ ।  एसएमएस बैकिङबाट सदस्यहरुले गरेको बचत तथा कर्जाको कारोवारको विवरण र अन्य सुचना एसएमएस मार्फत जानकारी पाउन सकिन्छ ।
  
 
संस्थाले पाचौ बार्षिक उत्सवका अवसरमा धादिङमा अवस्थित आमाको माया छात्रवासमा आश्र्रय लिएका अनाथ २५ जना बाल बालिकाको लागी संस्थाका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले एक थान कम्प्युटर, खेलकुद समाग्री लगायत आवश्यक अन्य भौतिक सामाग्री आमाको माया छात्रवासका अध्यक्ष डा. नविन वन्धु पहाडीलाई हस्तान्तरण गरे ।
 
 
साथै पाचौ वार्षिक उत्सवका अवसरमा संस्थाका देशै भर रहेका शाखा कार्यालयहरुले आ आप्नो ठाउमा सरसफाई, वित्तिय साक्षरता, बृद्धवृद्धालाई सहयोग, अस्पतालका विरामीलाई फलफुल वितरण गरेका छन्  । 
२०७१ आषाढ १८ गते देखि सन्चालनमा आएको यस संस्थाले हाल देशका ३८ जिल्लामा ५० वटा शाखा कार्यालय मार्फत ८० हजार भन्दा वढी घरधुरीलाई सेवा पुर्याइरहेको छ । हाल कर्जा लगानी करिब रु ४ अर्ब र बचत रु १ अर्व २६ करोड रहेको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय