नेप्से अनलाइन भुक्तानीका लागि एनसीएचएलसँग आबद्ध

नेप्से अनलाइन भुक्तानीका लागि एनसीएचएलसँग आबद्ध
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले अनलाइन शेयर कारेबारका लागि आफ्नो ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ई–पेमेन्ट प्रणालीहरु पूर्ण रुपमा ईन्टिग्रेट गरेको छ । लगानीकर्ताहरुले अब ब्रोकरहरुलाई कारोबारका लागि धितो राख्न वा भुक्तानी रकम ट्रान्सफर गर्न सक्नेछन् । साथै ब्रोकरहरुले पनि बिक्री प्रकृया वा धितो फिर्ताका लागि भुक्तानी लिन सक्नेछन् ।
 
लगानीकर्तालाई टीएमएस लगइन्न (सम्बन्धित ब्रोकरले प्रदान गरेको) तथा कनेक्ट आईपीएस कम्तिमा एउटा बैंक खातासँग लिङ्क भएको आईडी आवश्यक पर्दछ । लगानीकर्ताले टीएमएस खातामा धितोका लागि उपलब्ध कनेक्ट आईपीएस  भुक्तानी मार्फत फण्ड लोड गर्न साथै शेयर खरिद पश्चात उनीहरुले ब्रोकरलाई टीएमएसमा उपलब्ध त्यही च्यानल मार्फत प्रत्यक्ष भुक्तानी दिन सक्नेछन् । भुक्तानीका लागि कनेक्ट आईपीएस  चयन गरेपछि लगानीकर्ताहरु connectIPS login पेजमा रिडाइरेक्ट हुनेछन् ।
 
आफ्नो आईडी प्रयोग गरि धितो वा ब्रोकरको भुक्तानीका लागि सिधै इच्छा अनुसारको लिङ्क गरिएको बैंक खातावाट फण्ड लोड गर्न सक्नेछन् । त्यस्तै लगानीकर्ताले टीएमएसबाट धितो फिर्ताका लागि गरिएको अनुरोध तथा ब्रोकरले शेयर बिक्री पश्चात गर्नु पर्ने भुक्तानी लिङ्क गरिएको लगानीकर्ताको बैंक खातामा connectIPS or NCHL-IPS प्रणाली मार्फत सिधैं भुक्तानी गर्न सक्नेछन् ।
 
नेप्सेले अनलाइन कोरोबार भुक्तानीलाई स्वचालित बनाउन दुवै प्रणालीहरु इन्टिग्रेट भए पश्चात ई–पेमेन्टले पूँजी बजारमा थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ । एनसीएचएलले यस अघि लाभांस भुक्तानी, रिफण्ड, डिम्याट तथा मेरो शेयर शुल्क भुक्तानी तथा ट्रेड भुक्तानी जस्ता कोरोबारहरु गर्दै आएको थियो ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय