ओपोको एफ११ नयाँ रंगमा सार्वजनिक गर्ने तयारी

एफ११ ज्वेलरी ह्वाइट चाँडै उपलब्ध हुने

ओपोको एफ११ नयाँ रंगमा सार्वजनिक गर्ने तयारी
काठमाडौं । विश्वकै अग्रणि ब्राण्डका रुपमा परिचित चिनिया स्मार्टफोन निर्माता कम्पनी ओपोले गत अप्रिल महिनामा आफ्नो एफ११ सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप मोडलहरु सार्वजनिक गरेको थियो । उपभोक्ता माझ निकै लोकप्रिय प्रमाणित हुन सफल एफ११ प्रो अन्तर्गत कम्पनीले लगतै एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड इडिशन पनि सार्वजनिक गरेको थियो । अब आएर कम्पनीले ओपो एफ११ प्नि नयाँ रंगमा उपलब्ध गराउने घोषणा गरेको छ । ओपोका अनुसार चाँडै नै कम्पनीले एफ११ लाई ज्वेलरी ह्वाइट रंगमा उपलब्ध गराउने तयारी थालेको छ । 
 
३७ हजार ९ सय ९० रुपैयाँ मूल्य निर्धारण गरिएको एफ११ हाललाई मार्वेल ग्रिन र फ्लोराइट पर्पल रंगमा उपलब्ध छन् । सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ रंगको एफ११ लाई पनि उपभोक्ताले पछिल्ला मोडललाई झैँ रुचाइ उत्तिकै मायाँ दिने कम्पनीको दृढ विश्वास छ ।
 
“वैश्विक ब्राण्डका रुपमाओपोले आफ्ना उपभोक्ताकामाग र आवश्यकतालाई विशेष प्राथमिकताका साथबुझ्न सदैव तत्पर रहन्छ । उत्पादनमार्फत तिनलाई मिल्ने सन्तुष्टि नै हाम्रालाई प्रमुख प्राथमिकता को विषय हो । ब्यक्ति पिच्छे मानिसको ब्यक्तित्व फरक हुन्छन् । त्यही अनुरुप तिनका चाहना र आवश्यकता पनि । रंगले पनि एक वा अनेक तवरमा तिनको ब्यक्तित्व झल्काउने गर्छ ।” ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “सार्वजनिकको तयारीमा रहेको नयाँ एफ११ को ज्वेलरी ह्वाइट अप्सनले थप उपभोक्ताका मागको सम्बोधन गर्ने कुरामा हामी विश्वस्त छौँ । उत्पादनले उपभोक्ताबाट प्राप्त मायाँ र सद्भावको निरन्तरताका लागि सघाउने हाम्रो आशा छ ।”
 
कम्पनीका अनुसार नयाँ रंगको एफ११ (ज्वेलरी ह्वाइट) नेपाली बजारमा प्रमुख विक्रेता मार्फत मध्य जुलाईदेखि सर्वत्र उपलब्ध हुनेछ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय