बर्जर पेन्टको नयाँ उत्पादन ‘वेदरकोट लङ्गलाइफ’ बजारमा, १० वर्षको वारेन्टी पाइने

बर्जर पेन्टको नयाँ उत्पादन ‘वेदरकोट लङ्गलाइफ’ बजारमा, १० वर्षको वारेन्टी पाइने
काठमाडौं । बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) ले ‘बर्जर वेदरकोट लङ्गलाइफ’ बजारमा उपलब्ध गराएको छ ।
 
यो अहिलेसम्मकै सबैभन्दा नवीनतम प्रविधिमा आधारित उच्चकोटीको उत्पादन भएको कम्पनीको दाबी छ । 
 
कम्पनीका अनुसार पियु र सिलिकन प्रविधिको प्रयोग गरिएको यो पेन्ट प्रिमियम एक्स्टेरियर पेन्ट हो ।
‘घाम पानी छेक्छ, १० वर्ष टिक्छ’ भन्ने नारा सहित सार्वजनिक गरिएको यस पेन्टमा १० वर्षको वारेन्टी पाउन सकिनेछ ।
 
बर्जर वेदरकोट लङ्गलाइफमा भएको पियु इमल्सनले घरको चमक वषौँ वर्षसम्म कायम राख्छ भनें चर्को घाम र मुसलधारे वर्षाबाट समेत सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ ।
 
त्यस्तै सिलिकन प्रविधिले घरको बाहिरी भित्ताहरुमा ढुसी, लेऊ जस्ता विकारहरुबाट बचाउँछ भनें रङ्गको आयु लम्बाउँने कम्पनीको दाबी छ ।
 
बर्जर पेन्ट्सले नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादनगर्दै आएको छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय