ज्योति लाईफ इन्स्योरेन्सका सबै भुक्तानी ’ई सेवा एप’बाट गर्न सकिने

ज्योति लाईफ इन्स्योरेन्सका सबै भुक्तानी ’ई सेवा एप’बाट गर्न सकिने
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स् कम्पनी र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।
 
इन्स्योरेन्स् कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री बनाउन अनलाइन भुक्तानी सम्झौता भएको कम्पनीको भनाइ छ ।
 
सम्झौतासँगै ज्योतिलाईफबाट जारी गरिएका सबै बीमा लेखहरुको नविकरण शुल्क भुक्तानी इसेवाका कुनै पनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट गर्न सक्नेछन् ।
 
सम्झौतासंगै हाल परिक्षणको कार्य भैरहेकोले सफल परिक्षणपछि सेवाग्राहीले यो सेवा उपयोग गर्न सक्नेछन् । मुलुकभर इसेवाका ५० हजार बढी जोन पोइन्ट रहेका छन् ।
 
सम्झौतापत्रमा ज्योतीलाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री तथा इसेवाफोन पेका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरे ।
 
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका २५०० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामाहाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय