सनराईज बैंकको सीईओमा निरज श्रेष्ठ जान मानेनन्, राणालाई नै निमित्तको निरन्तरता

सनराईज बैंकको सीईओमा निरज श्रेष्ठ जान मानेनन्, राणालाई नै निमित्तको निरन्तरता
काठमाडौं । संचालक समितिमा विवाद बढेसँगै निरजकुमार श्रेष्ठले सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जान असहमति जनाएका छन् । बैंक संचालक समितिको जेठ २२ गते बसेको बैंठकले श्रेष्ठलाई असार २ गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेपनि उनले विशेष परिस्थितीका कारण कार्यभार सम्हाल्न नसक्ने जानकारी गराएका हुन् । 
 
उनले विशेष परिस्थितीका कारण कार्यभार सम्हाल्ने मिति पछि सार्न अनुरोध गरेको बैंकले जानकारी दिएको छ । बैंक संचालक समितिले श्रेष्ठलाई असार २ गतेदेखि लागू हुनेगरी ४ बर्षका लागि सईओ नियुक्त गरेको थियो । तर, संचालक समितिमा मतभिन्नत भएपनि सीईओ श्रेष्ठलाई कार्यभार सम्हाल्न नैतिक संकट परेको बैंक स्रोतले जानकारी दिएको छ ।
 
बैंकका तत्कालिन सीईओ रत्नराज बज्राचार्यले छाडेसँगै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । सीईओ श्रेष्ठले तत्काल कार्यभार सम्हाल्न नसक्ने जानकारी गराएपछि हालका लागि आशालाई नै निमित्त सीईओमा निरन्तरता दिईएको छ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय