धनुषाको मिथिला नगरपालिकामा योगको मोह बढ्दै

धनुषाको मिथिला नगरपालिकामा योगको मोह बढ्दै
काठमाडौं । मिथिला नगरपलिकाको कार्यालय ढल्केवर, धनुषाको सहयोगमा समाज विकास केन्द्रले सञ्चालन गरेको सप्ताह ब्यापी निːशुल्क योग शिविर उत्साहजनक सहभागितामा सञ्चालन भईरहेको छ । 
 
नगरपालिकाको विभिन्न ५ स्थान मध्ये जेठ २३ गते शुरु भएको शिविर आज वडा नं. १० स्थित लालगढको आदर्श माविको प्राङगणमा एक कार्यक्रम विच  समापन भएको हो । विद्यालयका प्रधानाध्यापक हरि प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद वराल र विशिष्ठ आतिथि वडा नं. १० का वडा अध्यक्ष सविन विक्रम थापा, संस्थाका प्रतिनिधि रेशम वास्तोला, नारायण वास्तोला तथा योग प्रशिक्षक विमल पंडित लगाएत करिब ७० जनाको उपस्थिती रहेको थियो । 
 
ध्रुव गजुरेलको अध्यक्षतामा सात सदस्य वडा स्तरिय योग समिति गठन गरि अझ केहीदिन शिविरलाई निरन्तरता दिने निर्णय भएको छ । संस्थाका तर्फवाट नारायण वास्तोलाले योग शिविरमा उत्साहजनक सहभागिताको कारण शिविर केहीदिन थप गरिएको जानकारी गराए । योग शिविरका प्रमुख अतिथि टंक प्रसाद वराल, विशिष्ठ अतिथि सविन विक्रम थापा लगाएतले योग शिविरबाट निकै लाभ प्राप्त भएकोले यसलाई निरन्तरता दिनु पर्ने बताए । 
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय