करोड क्लबमा पुग्दै ‘गलबन्दी’को नयाँ रेकर्ड

करोड क्लबमा पुग्दै ‘गलबन्दी’को नयाँ रेकर्ड
काठमाडौं । गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘गलबन्दी’ बोलको गीतले सर्वाधिक चाडो एक करोड भ्यूज पाउने रेकर्ड बनाएको छ । गीत सार्वजनिक भएको आधा महिनामा नै यसलाई एक करोड भन्दा बढी पटक हेरिएको छ ।
 
गीतसंगीत भ्यूजको आधारमा मात्र हिट हुन्छ भन्ने हुँदैन । तर, यो गीतले भ्यूज मात्र होइन, दर्शक श्रोताको माया पाएको छ । प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेको यो गीतलाई ३ लाख ७ हजार भन्दा बढीले लाइक गरेका छन् भने करिब ३० हजार कमेन्ट गीतमा आएको छ ।
 
यो गीत बालबच्चा, यूवादेखि वृद्धसम्मको मुखमा झुन्डिएको छ । यसको सफलता आफैमा लोभलाग्दो हो ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय