धनुषाको मिथिला नगरपालिकामा योग शिविर सञ्चालन

धनुषाको मिथिला नगरपालिकामा योग शिविर सञ्चालन
काठमाडौं । मिथिला नगरपालिका धनुषाको सहयोगमा समाज विकास केन्द्रले सञ्चालन गरेको सप्ताह ब्यापी निːशुल्क योग शिविर उत्साहजनक सहभागितामा सञ्चालन भईरहेको छ । नगरपालिकाको विभिन्न ५ स्थानको लागि जेठ २१ गते ढल्केवरवाट सुरु भएको शिविर आज वडा नं. २ नक्टाझिजको हिमालय युवा क्लवको प्राङगणमा एक कार्यक्रम विच शिविर समापन भएको हो ।
 
कार्यक्रममा वडा नं. २ का अध्यक्ष विहारी महतो, संस्थाका प्रतिनिधि रेशम वास्तोला, नारायण वास्तोला, प्रशिक्षक राम कुमार महतो लगाएतको उपस्तिथीमा राम कुमार महतोको अध्यक्षतामा नौं सदस्य वडा स्तरिय योग समिति गठन भएको छ । 
 
कार्यक्रममा बोल्दै वडा अध्यक्ष विहारी महतोले योगले मानिसलाई विभिन्न रोगहरुवाट लड्न सक्ने क्षमताको विकास गर्ने भएकाले योग निरन्तर गर्नु पर्ने बताए । यस्तै रेशम वास्तोलाले योग निरन्तर होस भन्ने अभिप्रायले समिति गठन गरिएको र समितिलाई आवश्यकता अनुसार संस्थले सहयोग गरि योग अध्यासलाई निरन्ता दिन प्रयास गर्ने बताए ।  
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय