रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एनसीएचएल बिच डिजिटल भुक्तानीका लागि सम्झौता

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एनसीएचएल बिच डिजिटल भुक्तानीका लागि सम्झौता
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरि दुई संस्था बीच सम्झौता भएको छ । 
 
सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स यस क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ ।
 
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई डिजिटल प्रणालीसँग आबद्ध भए पछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु यस संस्था संग आबद्ध भएका बैंक खाताहरुबाट सोभैm गर्न सक्नेछ । यो प्रणालीमा आबद्ध भए लगत्तै  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमित हरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभ ग्राहिहरुका बैंक खाताहरुबाट  हुनेछन् । 
 
२०७४ देखि सञ्चालनमा आएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड प्रतिष्ठित अर्थशास्त्रीहरु, उद्योगपतिहरु, बैंकरहरु र व्यावसायीहरुद्वारा प्रबद्धित जीवन बीमा कम्पनी हो । कम्पनीले आधुनिक प्रविधिमा आधारित विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ र एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
 
एनसीएचएल नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय