एसियाली पूर्वाधार लगानी बैंकले माथिल्लो त्रिशुली–१ मा लगानी गर्ने, नेपालमा पहिलो लगानी

एसियाली पूर्वाधार लगानी बैंकले माथिल्लो त्रिशुली–१ मा लगानी गर्ने, नेपालमा पहिलो लगानी
काठमाडौं । माथिल्लो त्रिशुली–१ आयोजनामा एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी) ले पनि लगानी गर्ने भएको छ । २१६ मेगावाटको उक्त परियोजनामा उक्त बैंकको नेपाली ठूला योजनामा पहिलो लगानी हुनेछ । चीनको नेतृत्वमा उक्त बैंक संचालनमा आएको हो । 
 
बैंकले माथिल्लो त्रिशुली–१ का लागि ९ करोड अमेरिकी डलर अर्थात ९ अर्ब लगानी स्वीकृत गरेको हो । नेपाल बिद्युत प्राधिकरणले बनाउन लागेको तामाकोशी–५ र वितरण प्रणाली सुदृढीकरण आयोजनामा पनि उक्त बैंकको लगानी रहनेछ ।
 
यो आयोजनाको कुल लगानी ६४ करोड ७४ लाख डलर अर्थात् ६४ अर्ब रुपैयाँ छ । यसमा १९ अर्बको संस्थापक सेयर छ भने बाँकी लगानी ऋणस्वरुप जुटाउने लक्ष्य प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको छ ।
 
यो आयोजनामा डलरमा विद्युत् खरिद सम्झौता भइसकेको छ । यसमा हुने जोखिम व्यवस्थापन गर्नका लागि हेजिङ फन्डको सट्टा निːशुल्क ऊर्जा लेनदेन गर्ने समझदारी प्रवद्र्धक र सरकारबीच भएको छ । हेजिङ कोष खडा नै नगरी प्रबद्र्धक कम्पनीसँग निːशुल्क ऊर्जा प्राप्त गर्न सहमति जुटेको हो ।
 
सहमतिअनुरुप अब माथिल्लो त्रिशुली १ को प्रवद्र्धकले आफ्नो ऋण तिरिनसक्दा वा ब्यापारिक उत्पादन शुरु भएको १० वर्षसम्म प्राधिकरण, सरकार र प्रवद्र्धकले संयुक्तरूपमा डलरको पीपीएमा हुने जोखिम बहन गर्नेछन् । यो बीचको डलरमा अवमूल्यनले आउने जोखिमको एक तिहाई प्रवद्र्धक आफैंले ब्यहोर्नेछ भने वाँकी दुई तिहाईको जोखिम सरकार र प्राधिकरणले बेहोर्ने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
 
तर, त्यसबापत ब्यापारिक उत्पादन सुरु भएको १४औं वर्षबाट २६ औं वर्षसम्म प्रवद्र्धकले घाटा भएपनि वा नभएपनि प्राधिकरणलाई आफ्नो उत्पादनको झण्डै १७ प्रतिशत बिजुली निःशुल्क उपलब्ध गराउनेछ ।
 
१४औंदेखि २६औं वर्षसम्म अर्थात् १२ वर्षसम्म जोखिम बहन गरिदिएबापत प्राधिकरणलाई आफ्नो उत्पादनको १६।९० प्रतिशत बिजुली उपलब्ध गरानेछ । १४औं वर्षपछि २६ औं वर्षसम्म आयोजनाबाट उत्पादत विजुलीको झण्डै १७ प्रतिशत हिस्सा प्राधिकरणले सित्तैमा पाउनेछ ।
 
उसले त्यो प्रतिवर्ष २४६।११ गिगावाट आवर अर्थात् करिब ५० मेगावाट भन्दा बढी विजुली प्राधिकरणलाई सित्तैमा उपलब्ध गराउनेछ । यसका लागि त्यतिबेला हिउँदमा प्रतियुनिट १० रुपैयाँ ४२ पैसा र र वर्षमा ५ रुपैयाँ ९५ पैसा दर कायम हुनेछ । त्यसअनुसार १२ वर्षमा जोखिम बहनबापत आयोजनाले प्राधिकरणलाई प्रतिवर्ष १ अर्ब ८९ करोड बराबरको विजुली उपलब्ध गराउनेछ ।
 
स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली(१लाई पनि वाषिर्क ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यवृद्धि (स्कालेसन) पाउने व्यवस्था गरिएको छ । आयोजनाले शुरुका वर्षमा नगद प्रवाहमा समस्या हुने भन्दै पछिल्ला वर्षमा निːशुल्क ऊर्जा दिने गर्न प्रस्ताव गरेको थियो ।
 
यो आयोजनाको डलरमा पीपीए गर्दा प्राधिकरणलाई अतिरिक्त व्ययभार परी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्ने जोखिम न्यूनिकरण गर्न ‘हेजिङ फन्ड’ स्थापना गर्ने भनिएको थियो । त्यसमा सरकार, प्रवद्र्धक र प्राधिकरणले संयुक्तरुपमा हेजिङ फन्ड बनाउने सहमति थियो ।
 
आयोजनामा कोरियन कम्पनीहरु, एआईआईबी, विश्व बैंक समूह अन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाली लगानीकर्ताको लगानी रहनेछ । ऊर्जा मन्त्रालय र कम्पनीबीच ०७३ को पुस १४ गते आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ ।
 
प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला आयोजनासँग विदेशी ऋणको अंशका लागि मात्रै अमेरिकी डलरमा भुक्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गर्ने नीति लिएको छ । हेजिङ नियमावलीमा पनि यस्तै व्यवस्था छ ।
 
पीपीए भएको दिनको नेपाल राष्ट्र बैकले तोकेको डलरको सटही मूल्यलाई स्थिर राख्ने गरी पीपीए भएको थियो । प्राधिकरणले आयोजनाको विद्युत सुक्खायाम र वर्षायामको क्रमशः ८.४० र ४.८० रुपैयाँ प्रतियुनिट दरमा किन्ने छ ।
 
तर आयोजना सम्पन्न हुँदा रिटर्न अन इक्विटी १७ प्रतिशतभन्दा बढी रहेको पाइएमा उक्त विद्युत खरिद दर सोहीअनुसार कम गर्ने समझदारी छ ।
 
रन अफ रिभर आयोजनाका लागि १६ मंसिरबाट १५ जेठसम्मको अवधिलाई सुख्खायाम र १६ जेठदेखि १५ मंसिरसम्मको अवधिलाई वर्षायाम मनाएको छ ।
 
विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा पनि निश्चित गरिएको छ । त्यस्ता आयोजनामा स्वपुँजी (इक्विटी)को अंश न्यूनतम २० प्रतिशत र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय