जनउत्थान लघुवित्तको सत्प्रतिशत हकप्रद असार १२ बाट

जनउत्थान लघुवित्तको सत्प्रतिशत हकप्रद असार १२ बाट
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार १२ गतेदेखि चुक्ता पूँजीको सत्प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको  छ । संस्थाको हालको चुक्ता पूँजी दुई करोड ८८ लाख रुपैयाँ रहेको छ । सत्प्रतिशत हकप्रद शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ५ करोड ५६ लाख रुपैयाँ पुग्ने छ । 
 
संस्थाले निष्काशन गरेको हकप्रद असार १ गतेसम्म कायम शेयरधनीहरुले पाउने छन्। उनीहरुले साउन १५ गतेसम्म हकप्रदका लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 
 
हकप्रद आवदेनका लागि जनउत्थानका केन्द्रीय तथा शाखा कार्यालयहरुबाट, सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल र आस्वा प्रणालीबाट पाइनेछ । 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय