एशियन लाइफ इन्स्योरेन्सको नविकेको हकप्रद लिलाममा

एशियन लाइफ इन्स्योरेन्सको नविकेको हकप्रद लिलाममा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नबिकेको दुई लाख २१ हजार कित्ता हकप्रद शेयर असार १ गतेदेखि बोलकबोल लिलाममार्फत विक्री खुला गर्ने भएको छ ।
 
कम्पनीले गत चैत २५ गतेदेखि वैशाख २९ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले कित्ता हकप्रद निष्काशन गरेकोमा सर्वसाधारणतर्फको दुई लाख १८ हजार कित्ता र संस्थापक समुहतर्फको दुई हजार ४२० कित्ता हकप्रद शयर बिक्री भएको थिएन ।
 
लगानीकर्ताहरुले सर्वसाधारण समूहतर्फको हकप्रद शेयरको लागि न्यूनतम १०० कित्तादेखि र संस्थापक समूहतर्फको लागि न्यूनतम १००० कित्ता भन्दा माथिको लागि आवेदन दिन पाउने छन्।
 
इच्छुक आवदेकले एनआईबिएल क्यापिटलका शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढी साथै ग्रीन डेभलपमेन्ट बैंक बागलुङबाट आवेदन दिन पाउने छन् ।
 
हाल कम्पनीको दोस्रो बजारमा ४०१ रुपैयाँ छ । शेयर बजार सबैभन्दा तल्लो तहमा हुँदा कम्पनीको बजार मूल्य ३७० रुपैयाँसम्म झरेको छ । शेयर बजार सुधार हुन थालेसँगै कम्पनीको शेयर मूल्य ४५५ रुपैयाँसम्म पुगेको थियो ।
 
विगत ५ वर्षको कारोबार हेर्दा कम्पनीको शेयर सबैभन्दा धेरै  जेठ, असार र साउनमा बढेको पाइन्छ । बोलकबोलमार्फत शेयर खरिद गर्नेले दोस्रो बजारलाई मध्यनजर गर्दै खरिद गरेका हुन्छन्। अहिलेको अवस्था कम्पनीको शेयर मूल्य बढ्ने बेला हो । यो क्रम साउनसम्म रहन्छ । त्यसपछि दोस्रो बजारमा प्रभाव पार्ने विभिन्न तत्वहरु यथावत रहेको अवस्थामा बजार घट्न थाल्नेछ । तर दोस्रो बजार विस्तारै बुलिस ट्रेण्डमा जान थालेको हुँदा यो मूल्यमा शेयर खरिद गर्नेहरु नाफामा देखिन सक्ने छन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय