एलआईसी नेपालको नायब प्रमुख कार्यकारी अधिकृतमा बर्णवाल नियुक्त

एलआईसी नेपालको  नायब प्रमुख कार्यकारी अधिकृतमा बर्णवाल नियुक्त
काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले सोमबारबाट लागू हुने गरी कम्पनीको नयाँ नायब प्रमुख कार्यकारी अधिकृतमा  टी. बर्णवाललाई नियुक्त गरेको छ । 
 
अभिजित घोष दस्तिदारले आफ्नो कार्यकाल पुरा गरी एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको हो । 
 
बि.कम.(अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन पुरा गरेका बर्णवाल नेपाल आउनु अघि एलआईसी अफ इण्डियाको डिभिजन म्यानेजरको पदमा कार्यरत थिए । 
 
उनले एलआईसी अफ इण्डियामा सन् १९९८ मा अधिकृतस्तरबाट आफ्नो सेवा प्रारम्भ गरी वित्त तथा लेखा, प्रशासन र मार्के्टि¨ विभागहरुमा २१ वर्षको कार्यानुभव संगालिसकेका छन् । 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय