इन्टरनेटको मूल्य २० प्रतिशतसम्मले बढ्ने

इन्टरनेटको मूल्य २० प्रतिशतसम्मले बढ्ने
काठमाडौं । आउदो साउनदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले २० प्रतिशत मूल्य बढाउने घोषणा गरेका हुन ।सरकारले आर्थिक विधेयकमा नै टेलिकम्युनिकेशन सर्भिस चार्ज (टीएससी) १३ प्रतिशत लिने घोषणा गरेकाले अब आउदो साउनदेखि इन्टरनेटका ग्राहकले उक्त रकम पनि तिर्न पर्ने भएको संघका कोषाध्यक्ष पुस्कर बडालले जानकारी दिए ।  
 
गत वर्ष नै सरकारले १३ प्रतिशत टिएससी बढाएकाले  मूल्य घटाउने क्रममा सरकारसँग सहमति नभएकाले अब हामीले पनि राज्यको कानुनले भनेको कार्यान्वयन मात्र गरेको उनले बताए ।
 
सरकारले गत वर्ष थप १३ प्रतिशत दूसञ्चार सेवा शुल्क लगाएको थियो । त्यसआधारमा व्यवसायीहरुले मूल्य बढाएका थिए तर, सरकारले विभिन्न सहुलियत दिने आवश्वासन दिएपछि मूल्य बृद्धिको निर्णय फिर्ता लिए ।
 
संघले बढाएको १३ प्रतिशत शुल्क र मूल्य समायोजन नगर्दा भएको घाटा ७ प्रतिशत जोडेर २० प्रतिशतसम्म बढी मुल्य ग्राहकले तिर्न पर्ने हुन सक्नु बडालले जानकारी दिए । 
 
मन्त्रालयले आगामी वर्षको बजेटमार्फत १३ प्रतिशत भ्याट हटाउन पहल गर्ने वा अन्य केही सेवा तथा सहुलियत दिने आश्वासन व्यवसायीलाई दिएको थियो । तर, बजेटले त्यसलाई सम्बोधन नगरी कर माथि कर लगाएकाले हामी पनि बाध्य भएर इन्टनेरको मुल्यमा यो कर थपेर ग्राहकबाट उठाउन बाध्य भएको बडालको भनाई छ ।  
 
हाल नेपालमा इन्टरने सेवा दिइरहेका मर्कन्टाइल, वर्ल्ड लिंक, वेब सर्फर, सुविसु, फाइबर अनलाइन, लुम्बिनी नेट, क्लासिक टेक, आइटेल कम्युनिकेसन, टेक माइन्ड नेटवर्क, नेपाल डिजिटल सभिर्स, भायोनेट र एनसेल छन् । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय