कोटेश्वरमा खुल्यो वैदेही आयुर्वेद केन्द्र, सस्तो शुल्कमा नसर्ने रोगको उपचार

कोटेश्वरमा खुल्यो वैदेही आयुर्वेद केन्द्र, सस्तो शुल्कमा नसर्ने रोगको उपचार
काठमाडौं । काठमाडौँको कोटेश्वर स्थित सरस्वतीमार्गमा वैदेही आयुर्वेद केन्द्रले आफ्नो सेवा सुभारम्भ गरेको छ । The Skill to Heal,the Spirit to care  भन्ने मूल नाराका साथ स्थापना भएको वैदेही आयुर्वेद केन्द्रले सेवा सुभारम्भसंगै नसर्ने रोगहरुलाई मुख्य प्राथमिकतामा राख्दै सस्तो शुल्कमा सेवाहरु प्रदान गर्ने जानकारी दिएको छ ।
 
शनिबार एक समारोहबिच काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का अध्यक्ष  नवराज पराजुलीले रिवन काटेर केन्द्रको सुभारम्भ गरेका हुन् । पराजुलीले वैदेही आयुर्वेद केन्द्रले सेवाभाव राखेर उपभोक्तालाई स्तरीय आर्युवेद सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । सेवा सुभारम्भको अवसरमा केन्द्रले जेठ ४ गते र ५ गते युरिक एसिड, सुगर, मिर्गौला जाँच लगायका सेवा निशुल्क जाँच र औषधिमा बिषेश छुटको व्यवस्था गरिएको केन्द्रले जानकारी दिएको छ । सेवा सुभारम्भका अवसरमा यस केन्द्रले यहि जेष्ठ ४ र ५ गतेका दिन २ दिने निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो ।
 
 
आयुर्वेदीय विधि द्वारा सफल मानिएका विभिन्न प्रकारका रोगहरुलाई मध्यनजर गर्दै त्यस्ता सम्पुर्ण रोगको सफल उपचार गर्ने उद्धेश्यका साथ अगाडी वढेको यस केन्द्रले वरिष्ठ ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरु वाट सेवा सञ्चालन गर्न लागेको हो । यस केन्द्रले दैनिक विरामी जाँच सहित पेटरोग, अम्लपित्त (ग्यास्ट्राइटिस), पाइल्स, फिस्टुला, फिसर, वाथरोग, मधुमेह, उच्च रक्तचाप, नशा सम्वन्धि सम्पुर्ण समस्याहरुको विज्ञ चिकित्सकहरु द्वारा उपचार सेवा सञ्चालन गर्दै आएको छ ।
 
 
साथै यस वैदेही आयुर्वेद केन्द्रले अन्य विशेष सेवाहरु पनि सञ्चालनमा ल्याएको छ । जस्तै नशा च्यापिएको, जोर्नी दुखाई भएकाहरुलाई आयुर्वेदीय मसाज र स्नेहन तथा स्वेदन सेवा सञ्चालनमा ल्याएको छ । त्यस्तै माइग्रेन तथा तनाव ब्यवस्थापनका लागि शिरोधारा उपचार विधिलाई अगाडी सारेको छ । त्यस्तैगरि पाइल्स, फिस्टुला भएकाहरुलाई औषधिले निको नहुने अवस्थामा वीन अपरेशन आयुर्वेदीय क्षारशुत्र विधि वाट उपचार हुंदैै आएको छ । उक्त विधि वाट पाइल्स, फिस्टुलाको उपचार गर्दा अपरेशन गरेर पुर्ण वेडरेस्टमा वस्नुपर्ने झन्झट हुदैन ।
 
यस वैदेही आयुर्वेद केन्द्रका विशेषताहरु ː
 
  • पाइल्स, फिस्टुलाको लागि विना अपरेशन क्षारसुत्र विधिद्वारा उपचार
  • नशा च्यापिएको, हड्डी खिइएको, हाडजोर्नी सम्वन्धि रोगहरुका लागि आयुर्वेदीय समाज थेरापी तथा स्नेहन र स्वेदन कर्म ।
  • माइग्रेन एवं मनोविकारका लागि परामर्श एवं शिरोधारा थेरापी ।
  • अकुपञ्चर विधि वाट उपचार सेवा ।
  • अनुहारको चायाँ कालो पोतो हटाउन ब्युटि प्याक सेवा ।
  • प्याथोलोजी ल्याव सेवा ।
  • एकै छाता भित्र आयुर्वेद तथा एलोपेथिक फार्मेसी सेवा ।
  • रिल्याक्सेसनको लागि बडी मसाज, फुट मसाज आदि सेवा सञ्चालन ।
  • नयाँ तथा पुरानो पिनास उपचारको लागि नश्य कर्म विधि द्वारा उपचार ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय