‘चान्स् टु वीन थ्रु क्लिक’ अभियानको विजेतालाई टीभीएस स्कुटर प्रदान

‘चान्स् टु वीन थ्रु क्लिक’ अभियानको विजेतालाई टीभीएस स्कुटर प्रदान
काठमाडौं । टीभीएस स्कुटर तथा मोटरसाइकलहरुको नेपालका लागि एक मात्र आधिकारिक बितरक जगदम्बा मोटसर्् प्रालिले जगदम्बाका उत्पादनहरुको कस्टुमाईज स्टीकर प्याक बनाउनका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।
 
जगदम्बा मोटर्सले ‘चान्स् टु वीन थ्रु क्लिक’ नामक अभियान सार्वजनिक गरेको थियो । जस अन्तर्गत ग्राहकहरुले ‘लभ ऐट फस्ट राईड’ स्टीकर प्याक डाउनलोड गरेर टीभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने अवसर सृजना गरेका थिए । 
 
यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको छ । यस अभियानकी विजेता पोखराकी लक्ष्मी पोखरेललाई स्कुटर प्रदान गरिएको छ । उनलाई जगदम्बा मोटर्स् प्रालिका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरेका छन् ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय