एलआईसी नेपालको अध्यक्षमा एमआर कुमार नियुक्त

एलआईसी नेपालको अध्यक्षमा एमआर कुमार नियुक्त
काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को अध्यक्षमा एमआर कुमार नियुक्त भएका छन् ।  जेष्ठ २ गते बसेको संचालक समिति बैठकले कुमारलाई अध्यक्षमा नियुक्त गरेको हो । यो नियुक्ति अघि हेमन्त भार्गवले बीमकको संचालक समितिको अध्यक्ष रहेका थिए । 
 
नवनियुक्त अध्यक्ष  एमआर कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष समेत हुन । एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको अध्यक्ष रहने परिपाटी रहेको छ ।
 
एमआर कुमारसँग ३६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेको छ । उनले एलआईसी अफ इण्डियामा सन् १९८३ मा अधिकृतस्तरबाट सेवा शुरु गरेका थिए । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय