ससको बोतलमा अखाद्य वस्तु भेटियो

ससको बोतलमा अखाद्य वस्तु भेटियो
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो । 
 
अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिए । तिरुपती फुड्स एण्ड वेभरेजले २०१८ नोभेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन । ७०० मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिएको छ । 
 
म्याग्दीका ग्रामिण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तुको विक्री हुने गरेको गुनासो बढेको छ । सदरमुकाममा केन्द्रित रहँदै आएको बजार अनुगमनलाई विभिन्न कार्यालयको संयोजनमा स्थानीय तहसँग समन्वय गरेर ग्रामीण बजारमा गरिने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । उनका अनुसार प्रत्येक महीनाको पहिलो सोमबारका दिन स्थानीय तहका ग्रामीण बजारमा संयुक्त बजार अनुगमन गरिने भएको छ । 
     
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय