पप्पु र कालिका कन्ट्रक्सनले तत्काल ठेक्का पक्रियामा भाग लिन नपाउने

पप्पु र कालिका कन्ट्रक्सनले तत्काल ठेक्का पक्रियामा भाग लिन नपाउने
काठमाडौं । पप्पु र कालिका कन्ट्रक्सनले तत्काल ठेक्का प्रक्रियामा भाग लिन नपाउने भएका छन्। सार्वजनिक खरिद (छौठौ संशोधन) नियमावली, २०७५ अनुसार पप्पु कन्ट्रक्सन र कालिका कन्ट्रक्सन कन्ट्रक्सनले ठेक्का लिन नपाउने भएका हुन् ।
 
खरीद नियमावलीको छैटौं संसोधन ९२०७५० अनुसार भ्रष्टाचार अभियोगमा सफाइ नपाएसम्म उक्त कम्पनीको प्रस्तावलाई मूल्यांकन प्रक्रियामा समावेस गरिने छैन ।
 
पप्पु कन्ट्रक्सनमा पुर्व संचालक तथा पुर्व सांसद हरी नारायण रौनियारलाई बर्दियाको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्ने व्यहोराको उजुरीमाथि अनुसन्धान गर्दा दोषी भेटिएको ठहर गर्दै अख्तियारले रौनियार, उनका छोरा सुमितलगायत १२ जना कर्मचारीविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । उनलाई १९ करोड २५ लाख हिनामिना गरेको अख्तियारको दाबी थियो ।
 
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री विक्रम पाण्डे सहित २१ जना विरुद्ध सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यसको ठेक्का कालिका कन्स्ट्रक्सन र सीटीसीई जोइन्ट भेन्चरले पाएको थियो ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय