एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडको ५०औँ विवाह उत्सव मनाइयो

एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडको ५०औँ विवाह उत्सव मनाइयो
काठमाडौं । काठमाडौँ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडका विवाहको ५० वर्ष पुगेको अवसरमा वैवाहिक स्वर्ण जयन्ती मनाइएको छ । जीतपुर सिमरामा बैसाख २१ गते शनीबारको दिन एमभी दुगड ग्रुप अन्तर्गतका ३८ शाखाहरुको कर्मचारीहरुले संयुक्त रुपमा आफ्नो अध्यक्ष र उनको धर्म पत्नीको ५०औं वैवाहिक स्वर्ण जयन्ती मनाएका छन् । 
 
 
छोरा, बुहारी, नातीहरु सहित जितपुरको दुगड कार्यालयमा गएका थिए । बाजागाजा सहित उनलाई स्वागत गर्दै कार्यक्रममा दम्पतीको वरमाला सहित पुनː विवाहको कार्यक्रम गरिएको थियो ।
 
 
कार्यक्रममा ८५० कर्मचारीहरु, उनका परिवार, जीतपुर सिमरामा रहेका पुर्व कर्मचारी र उनका परिवार सहभागी भएका थिए । कार्यक्रम दुगड ब्रदर्श एण्ड सन्स प्रालिका सिनियर जनेरल म्यानेजर वेदप्रकाश शर्माको संयोजकत्व र कार्यक्रम संचालन एमभि दुगड ग्रुपकी पीआर हेड विमला थापाले गरेकी थिइन् ।
 
 
कार्यक्रममा हाल कार्यरत करिब ८ सय ५० कर्मचारीहरु, उनका परिवार, जीतपुर सिमरामा रहेका भूतपूर्व कर्मचारी र उनका परिवार सहभागी थिए भने उनीहरुलाई राति त्यहाँ नै बस्ने व्यवस्था मिलाइएको थियो 
 
 
उपस्थित सबैलाई रात्रिभोज दिइएको थियो । काठमाडौंका हाइड्रोपावर र अटोमोबाइल्सका कर्मचारीहरुको लागि दोस्रो चरणको कार्यक्रम गरिने ग्रुपले जनाएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय