नबिल बैंकको मुनाफा ३ अर्बमाथि

नबिल बैंकको मुनाफा ३ अर्बमाथि
काठमाडौं । नबिल बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा ३ अर्ब १९ करोड १० लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा जम्मा ३ दशमलव १७ प्रतिशतले वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा ३ अर्ब ९ करोड २७ लाख रुपैयाँ रहेको थियो । 
 
९ अर्ब १ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रिमियम ७४ हजार, रिटेन्ड अर्निङ्ग ३ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ र जगेडा ९ अर्ब ६ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
 
नबिल बैंकले निक्षेपमा १ खर्ब ५३ अर्ब ६९ करोड ५१ लाख निक्षेप संकलन गरि कर्जामा १ खर्ब २८ अर्ब १९ करोड ७३ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । 
 
नबिल बैंकको खुद ब्याज आम्दानी १८ दशमलव ४० प्रतिशतले बढेर ५ अर्ब ४१ करोड रुपैयाँ र सञ्चालन मुनाफा ६ दशमलव ०४ प्रतिशतले बढेर ४ अर्ब ५० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
 
नबिल बैंकको प्रतिशेयर आम्दानी ४७ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानी अनुपात १५ दशमलव ४३ गुणा, निष्कृय कर्जा शुन्य दशमलव ६४ प्रतिशत र जोखिम युक्त सम्पत्ति १२ दशमलव ५० प्रतिशत रहेको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय