स्वाबलम्बन र जनसेवी लघुवित्तको आईपीओ विक्री खुला

 स्वाबलम्बन र जनसेवी लघुवित्तको आईपीओ विक्री खुला
काठमाडौं । आज शुक्रबारदेखि दुईवटा लघुवित्त संस्था जनसेवी र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर निष्कासन (आईपीओ) विक्री खुला गरेका छन् ।
 
दुबै संस्थको गरी कम्पनीको ६ लाख १८ हजार ५६८ कित्ता आईपीओ खुलेको छ । जनसेवी लघुवित्त वित्तीय संस्था ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो भने स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले १ लाख ८५ हजार ५८७ कित्ता शेयर सर्वसाधारणलाई विक्री गरेको हो । 
 
जनसेवी लघुवित्तमा न्यूनतम १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । त्यस्तै स्वाभिमानको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्न सकिनेछ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय