धमनीहरुको अवरोध बाहेकका कारणले पनि हृदयघात ː डा रजनिश कपुर

धमनीहरुको अवरोध बाहेकका कारणले पनि हृदयघात ː डा रजनिश कपुर
  • एक हजार पच्चीस जना मुटूरोगीहरु माथी गरिएको अध्ययन अनुसार ४५ मुटूरोगीहरुमा हृदयघात अन्य कारणहरु जस्तै शरीरका विभिन्न भागमा ऐंठन हुनू र सुन्निुले गर्दा हुन्छ । त्यस्ता समस्याका उपचारमा धमनीहरु भित्र “स्टेन्ट” आवश्यक नहुन सक्छ ।

 

  • नेपालको ५% जनसंख्यामा गरिएका मुटूरोग सम्बन्धी अध्ययनहरुले धुम्रपान तथा मध्यपानलाई लाखौं नेपालीहरुमा प्रारम्भिक रुपमा हृदयघातको जोखीम बढाउने तत्वका रुपमा देखाएका छन् । 

 

काठमाडौं । आमरुपमा हृदयघात भनिने “एक्युट मायोकार्डियल इन्फ्रयाक्सन”जीवन जोखीममा पार्ने अवस्था हो । जसमा मुटूको धड्कन पूरा वा आंशीक रुपमा रोकिन्छ । सामान्यतया, मुटूमा रक्तप्रवाह गर्ने धमनीहरुमा हुने अवरोधलाई यसको मुख्य कारण मानिन्छ र रोकावट भएका धमनीहरुलाई“स्टेन्ट”र औषधीको प्रयागले उपचार गरिन्छ । 

 
प्रख्यात ईण्टरभेन्सनल कार्डियालोजिष्ट डा. रजनिश कपुर, जो भारतको हरियाणा राज्यको गुरुग्रामस्थित मेदान्त हस्पिटलमा ईण्टरभेन्सनल कार्डियालोजी विभागका उपाध्यक्षका रुपमा कार्यरत हुनूहुन्छ । उहाँले यसबारे गरेको सोधले नयाँ जानकारी दिएको छ । उहाँको अध्ययनका अनुसार “एक्युट मायोकार्डियल इन्फ्रयाक्सन” का चार प्रतिशत मामिलाहरुमा कोरोनरी धमनीहरुमा कुनै प्रकारका अवरोध नभएको पाईयो । यसकारण, त्यस्ता मुटूरोगीहरुको उपचारमा “स्टेन्ट” को प्रयोग गर्नु नपर्नुका साथै जीवनभर सेवन गर्नुपर्ने औषधीहरु लिनुनपर्ने देखियो । 
 
 
अध्ययनका लागी डा. रजनिश कपुरले सन् २०१६ देखि सन् २०१८ सम्म गर्नुभएको एक हजार पच्चिस जना हृदयघात पिडीतहरुको उपचारका रेकर्ड छनौट गरी विश्लेषण गरिएको थियो । यस अनुसार, मुटूरोगीहरुमध्ये ७६% पुरुष थिए भने २४% महिला । त्यसैगरी, ३४% ४० वर्ष उमेर मुनिका थिए भने २% ३० वर्ष भन्दा कम उमेरका थिए । जनसांख्यिकीय वर्गिकरण अनुसार अध्ययन गरिएका मुटूरोगीहरुमध्ये ५% नेपाली, ९२% भारतीय र ३% साउदी अरेबीयाली, बङ्लादेशी र श्रीलङ्काली थिए । 
 
अध्ययन गरिएका मुटूरोगीहरुलाई ओसीटी नामक अत्याधुनिक डायगोनोष्टिक प्रविधीद्वारा उपचार गरिएको थियो । यो प्रविधी रोगीहरुको सटिकतापूवर्क उपचार गर्न उनीहरुका शरिरका आन्तरीक संरचनाको त्रि–आयामी (थ्रि–डायमेन्सनल) स्क्यानीङका लागी प्रयोग गरिन्छ । जुन केहि अवस्थामा जीवन रक्षक समेत हुने गर्दछ । डा. रजनिश कपुर ओसीटी प्रविधी प्रयोगमा सबैभन्दा अनुभवी भारतीय ईण्टरभेन्सनल कार्डियालोजिष्टमध्ये एक हुनुहुन्छ । 
 
अध्ययन गरिएकामध्ये ४% हृदयघात पिडीतहरुका धमनीहरुमा कुनै प्रकारको अवरोध भएको थिएन । यस्तो अवस्थालाई “मायोकार्डियल ईन्फ्राक्सन विथ ननअब्सट्रक्टिभ कोरोनरी आर्टरीज” (MINOCA) भनिन्छ । प्राप्त जनकारी अनुसार ईन्फ्लामेसन र भासोस्पाजम हृदयघातका कारण थिए । यसअनुसार, ९०% MINOCA केसहरु महिला र युवा उमेरका मुटूरोगीहरुमा देखिएका थिए । 
 
डा रजनिश कपुरले भन्नु भयो, “प्रायजसो, एन्जियोग्राफी गर्दा धमनीहरुमा अवरोध नदेखीएको खण्डमा विरामीलाई थप उपचार नगरी घर पठाईन्छ । यसले गर्दा विरामीहरुको समस्याको पूर्ण डायगनोसीस हुन पाउँदैन । जसको कारण उनीहरुको उपचार हुँदैन र अर्को समस्याको जोखीम बढ्ने गर्दछ । ईण्टरभेन्सनल कार्डियालोजिका अत्याधुनिक अभ्यासहरुले हामीलाई मुटूरोगीहरुले भोगीरहेका समस्या बुझ्न, प्रत्येक रोगीलाई रोगअनुसारका उपचार प्रदान गर्न एवं रोकथामका उपाय पहिल्याउन र उपचारका नतिजाहरुमा सुधार हासील गर्न सहयोग गर्दछन् ।” 
 
डा. कपुरका अनुसार नेपाली मुटूरोगीहरुमध्ये ९८% ले नियमीत रुपमा सुर्तिजन्य पदार्थ सेवन गरेको पाईयो । विभिन्न अध्ययनहरुमा नेपालमा सुर्तिजन्य पदार्थको सेवन सन् २०२५ मा २५% पुग्ने र सन् २०५० मा ४०% सम्म पुग्ने अनुमान गरिएका छन् । यसले गर्दा आगामी केहि वर्षमा लार्खौ नेपालीहरु हृदयघातको जोखीममा पर्ने देखिन्छ । त्यसबाहेक, मध्यपान, अतितनाव (हाईपरटेन्सन), तनाव (स्ट्रेस), शारिरीक निष्क्रियता, पेटमा लाग्ने बोसो र मधुमेह हृदयघात गराउने अन्य जोखीम हुन् ।  
(विज्ञापन एजेन्सी मार्शले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा रजनिश कपुरले राखेको मन्तव्य)
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय