कोठा चम्किलो बनाउने रङहरू

कोठा चम्किलो बनाउने रङहरू
राम्रो रङको छनोटले घरका कोठामा रौनक आउनुका साथै मनमा खुशी तथा शान्तिको महसुस पनि गराउँछ । घरको कोठा रङ्ग्याउने सोच हुनेबित्तिकै कतिपय मानिसमा कस्तो रङ प्रयोग गर्ने भन्ने द्विविधा हुन्छ । घर तथा कोठालाई अलग पहिचान दिने रङबारे तयार पारिएकोे एक रिपोर्ट ː
 
सेतो
 
 
धेरैले एकदम मन पराउने रङमध्ये सेतो पनि पर्छ । कोठालाई आकर्षक देखाउन सेतो रङको साथमा अन्य रङ मिसाएर पनि प्रयोग गर्न सकिन्छ । 
 
सिम्रिक
 
 
लिभिङ रूममा कस्तो रङ लगाउने भनेर दोधारमा रहेकाहरूका लागि सिम्रिक उत्तम विकल्प हुन सक्छ । सिम्रिक रङ लगाइएको कोठामा प्रवेश गर्ने जोकोहीले फरक खालको अनुभूति गर्छन् । 
 
नीलो
 
 
नीलो रङ हरेक मौसमको शान हो । यो रङले सबै प्रकारको भित्तामा चमक भरिदिन्छ । चम्किलो रङको होस् या फिक्का, यो धेरै रुचाइने रङ हो । 
 
काठ
 
 
काठ रङ अधिकांश महिलाका लागि प्रिय हुन सक्छ । किनकि यसले किचेनका भित्तामा लागेको फोहोर सफा गर्न सहयोग गर्छ । कोठालाई सफा राख्न पनि यसले मद्दत गर्छ । 
 
सुन्तला
 
 
सुन्तला रङले घरलाई सुन्दर लूक्स दिन सक्छ । यसमा धरै प्रकारका छायाँ आउँछन्, जुन मनै लोभ्याउने खालका हुन्छन् । 
 
आइवरी
 
 
कोठाका लागि आइवरी उत्तम रङ हो । यस रङले घरलाई चमकदार देखाउन सहयोग गर्छ । यो रङ लिभिङ रूम तथा बेडरूममा लगाउन सकिन्छ । 
 
हरियो
 
 
हरियो यस्तो रङ हो, जसले आँखालाई आनन्द प्राप्त गर्न मद्दत गर्छ । यसमा हल्का छायाँ पार्नुहोस् र हेर्नुहोस् । अनि कोठा कति ठूलो देखियो भनेर मख्ख पर्नुहोस् । 
 
गुलाबी
 
 
गुलाबी रङले घर तथा कोठालाई ठूलो तथा चम्किलो देखाउँछ । 
 
रातो
 
 
यो रङले घर तथा कोठालाई उज्यालो देखाउँछ । रातो रङका साथमा अन्य रङ पनि संयोजन गरेर लगाउन सकिन्छ । यो एउटा रोमाण्टिक रङ पनि मानिन्छ । त्यसैले, यसलाई बेडरूममा लगाएर पृथक् लूक्स देखाउन सकिन्छ । 
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय