मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्री प्रबन्धक नियुक्त

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । मुक्तिनाथ विकास बैंकले साढे १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न प्रकृया अघि बढाएको छ । बैंकले उक्त रकम बराबरको ऋणपत्र जारी गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
 
ऋणपत्र निष्काशन सम्बन्धि सम्झैतापत्रमा सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।
 
बैंकले कुल १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो जसमध्ये ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ब्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता (सो मध्ये ५ प्रतिशत अर्थात २५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।
 
No comment yet. Be the first one to comment.