रु रु जलविद्युतको आइपीओमा १६ लाख ६९ हजार आवेदन, ६२ गुणाले बढि प्रयो आवेदन

रु रु जलविद्युतको आइपीओमा १६ लाख ६९ हजार आवेदन,  ६२ गुणाले बढि प्रयो आवेदन
काठमाडौं । रु रु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा सोमबार साँझसम्ममा करिब ६२ गुणा आवेदन परेको छ । 
 
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझसम्ममा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो ।
 
यो प्रारम्भिक तथ्यांक भएकोले आइपीओमा आवेदन गर्नेको संख्या अझै बढ्न सक्नेछ ।
 
रु रु जलविद्युत परियोजनाले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।
 
कुल निष्कासन मध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुलाइ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता शेयर मात्रै वितरण हुनेछ ।
 
माग भन्दा बढी आवेदन परेकोले न्युनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ३७ हजार ९१६ जनाले मात्रै शेयर पाउने देखिन्छ । त्यस अनुसार करिब ९८ प्रतिशतले शेयर नपाउने देखिन्छ  ।
 
हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।
 
No comment yet. Be the first one to comment.