पेट्रोलियम डिलर्स एसोसियसनको अध्यक्षमा पुनः प्रधान

पेट्रोलियम डिलर्स एसोसियसनको अध्यक्षमा पुनः प्रधान

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको अध्यक्षमा फेरि लिलेन्द्रप्रसाद प्रधान विजयी भएका छन ।  प्रधान २ सय १६ मत ल्याएर पुनः अध्यक्ष भएका हुन् ।

एसोसियसनको ३९ औ साधारणसभाले प्रधानको नेतृत्वमा चुनावी प्रक्रियाबाट १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा रघुनाथप्रसाद शाह र द्वितिय उपाध्यक्षमा कपिलप्रसाद अधिकारी निर्वाचित भएका छन ।

महासचिवमा पुनः विश्वप्रसाद अर्याल निर्वाचित भए भने सचिवमा लय भण्डारी निविरोध रहे । सह-सचिवमा टेकराज जोशी र सदस्यमा जनक तिमिल्सिना, बसन्त भुषाल, बनी धिता, यसु प्रधान, अनिलकुमार सिंह र केदारमान सिंह चुनिए ।

यस्तै सुर्दशन कार्की, दुर्गाबहादुर बस्नेत, राजकुमार शाह, सुनिलकुमार गुरुङ र हिमाल गैर पनि बिजयी भए । नयाँ पदाधिकारीले आइतबार नै सपथग्रहण गरे ।

अध्यक्ष प्रधानले पेट्रोलियम क्षेत्रमा देखिएको समस्या समाधान गरी सवै व्यवसायीको हक हितमा काम गर्ने बताए ।

No comment yet. Be the first one to comment.