अशोक लेल्यान्डका सवारीमा कर्जा सुविधा दिन समृद्धि फाइनान्सले गर्यो आइएमई मोटर्ससँग सम्झौता

अशोक लेल्यान्डका सवारीमा कर्जा सुविधा दिन समृद्धि फाइनान्सले गर्यो आइएमई मोटर्ससँग सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र आइएमई मोटर्स लिमिटेड बीच अशोक लेल्यान्डका हलुका सवारी कर्जा सम्बन्धि सम्झौता भएको छ । 

सम्झौता अन्तर्गत आइएमईका ग्राहकले सवारी साधनको मूल्यको ७० देखि ८० प्रतिशतसम्मको सवारी कर्जा समृद्धि फाइनान्सबाट लिन सक्नेछन । सो कर्जाको अवधि ५ देखि ७ वर्ष को हुने र उक्त कर्जा सुविधा फाइनान्सको जुनसुकै शाखाहरुबाट लिन सकिने कम्पनीले जनाएको छ ।

समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र आइएमई मोटर्सका सञ्चालक सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
 

 

 

No comment yet. Be the first one to comment.