Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
एनआरएनएद्वारा विभिन्न मुलुकका एक लाख ७० हजार नेपालीलाई राहत प्रदान
रासस
२०७७-१२-२२
बिचार / प्रतिक्रिया
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ ।
कोभिड–१९ महामारीपछि संघको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै ५० देशका ३ सयभन्दा बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको जनाइएको छ । संघले समस्यामा परेका नेपाली श्रमिकमध्ये घरफिर्तीका लागि ३२४ जनाको पीसीआर परीक्षण तथा २१७ जनालाई आंशिक हवाई टिकटको यवस्था गरिएको जनाएको छ ।
रोजगारी गुमाएका, सामान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका, बिरामी, विशेष आवश्यकता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग खर्चिएको संघको भनाइ छ । संघले धेरै नेपाली श्रमिक भएका मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत तथा ओमानलगायत मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाएको थियो ।
भर्चुअल पत्रकार सम्मेलनमा संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँगको सहकार्यमा खाना तथा बासको व्यवस्था, घरफिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीलाई सहयोग गरिएको बताए ।
संघका महासचिव डा. हेमराज शर्माले कोभिड–१९ पछाडि देखिन सक्ने मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर विश्वभर २०० बढी नेपाली चिकित्सक परिचालित गरिएको बताए । अमेरिका, बेलायत, युरोपियन क्षेत्र, मध्यपूर्वी क्षेत्र, अफ्रिकन क्षेत्र र एसिया प्रशान्त क्षेत्रमा अनुभवी स्वास्थ्यकर्मी तथा चिकित्सकलाई परिचालित गरिएको संघले जनाएको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
प्रवास सम्बन्धित शीर्षकहरु
मलेसियाबाट ९ श्रमिकको शव एकैपटक ल्याइयो
एनआरएनएद्वारा विभिन्न मुलुकका एक लाख ७० हजार नेपालीलाई राहत प्रदान
नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति
एनआरएनएद्वारा निःशुल्क टेली हेल्थ सेवा सुरु
ताजा अपडेट
माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत् उत्पादन ː उर्जा सचिव
आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता दिन्छौं ː अर्थमन्त्री पौडेल
बादललाई पुनː गृहमन्त्रीमा नियुक्त, सपथ आजै
म प्रधानमन्त्री पदका लागि लालायित छैन ː सभापति देउवा, राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने
बजेटमा इन्टरनेट सेवामा लाग्दै आएको करलाई घटाउन माग
निरन्तर ४ दिनको वृद्धिपछि नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ८० करोडको कारोबार
कोरोना संक्रमणबाट भारतमा एकैदिन १५ सयभन्दा बढीको मृत्यु
मेगाको क्यूआर भुक्तानी सेवा जोरपाटीको तरकारी बजारमा
फोटन पिकअपका लागि एमएडब्लू वृद्धिले ल्यायो ‘एस्योर्ड बाईब्याक’ स्किम
सामोमीले ल्यायो स्मार्टफोन कनेक्ट गर्न मिल्ने एमआइ वाच लाइट
लोकप्रिय
नेपाल टेलिकमको स्प्रिङ अफरः १४ जीबी डाटा अब जम्मा २९९ मा
४० देखि ५९ वर्ष उमेर समूहलाई चिनियाँ खोप दिइँदै
काठमाडौंमा फेरि वायु प्रदूषण बढ्यो, प्रदूषणको मात्रा २ सय २९ एक्युआई
बुधबारदेखि बन्द हुँदै नयाँ बसपार्कका टिकट काउण्टर
माछापोखरीको फलफूल तथा तरकारी बजार बैंक अफ काठमाण्डूको क्यूआर कोड