Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
प्रविण र अनिशा बने मोडल हन्ट नेपाल सिजन ६ का विजेता
आर्थिक पाटी संवाददाता
२०७७-१२-१७
बिचार / प्रतिक्रिया
काठमाडौं । सहभागिता, प्रस्तुतिकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा सर्वाधीक वृहत्, स्तरीय एवं लोकप्रिय मोडलिङ प्रतियोगिताका रुपमा स्थापित मोडल हन्ट नेपाल सिजन ६ को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ ।
काठमाडौंस्थित पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न सो प्रतियोगितामा प्रविण चापागाई र अनिशा शाक्यले विजेताको ट्रफी उचाल्न सफल भए । ३४ जना युवा एवं ३२ जना युवतीवीचको उक्त प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ आंैं ब्याचका ३४ जना विधार्थी डिजाइनरहरुले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनहरुमा सजिएर अन्तर्राष्ट्रिय स्तरको र्याम्प सेटअपमा आ आफ्नो मोडलिङ सीप र कलालाई प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको फस्ट रनर अपतर्फ मिनाल्ड लामिछाने र श्रीयशी श्रेष्ठ तथा सेकेन्ड रनर अपतर्फ अनुप कार्की र परितोषिका पन्त विजेताका रुपमा छनौट भएका थिए । ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको सो प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रविण चापागाईं र राजश्री कार्की वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्ट वाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि. एण्ड मिस मल्टिी मिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए । यसैगरी विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने वेष्ट फिजिक र अदिति मानन्धर बेष्ट फिगर, गणेश राज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्राण्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रुपमा छनौट भएका थिए ।
नेक्स्ट मोडल्स नेपालको ब्यानर अन्तर्रत रवि धमला र एत्ना पाण्डेको निर्देशनमा संचालन भएको मोडल हन्ट नेपालका मुख्य प्रशिक्षक एवं कोरियोग्राफर रोजिन शाक्य हुन् भने प्रतियोगिता शाक्यकै संचालनमा सम्पन्न भएको हो । प्रतियोगितामा आईसी ग्रुप, नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, कान्तिपुर टेलिभिजनका कार्यकारी निर्माता एवं संचारकर्मी सुरज सिंह ठकुरी, संचारकर्मी एवं पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा आफ्नो व्यक्तित्वलाई मोडल व्यक्तित्वमा रुपान्तरण गर्ने क्रममा ¥याम्प मोडलिङका विविध आयाम र व्याकरण देखि स्टेज प्रस्तुतिकरणका तरिका लगायत समग्रमा व्यवासायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको विकास गर्ने क्रममा करिब पाँच साताको ग्रुमिङ एवं प्रशिक्षण पश्चात् मोडल हन्ट नेपाल सीजन ६ को फाइनल प्रतिस्पर्धा विधिवत् रुपमा सम्पन्न भएको हो ।
प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने छन् । यसका साथै कोरियामा संचालन हुने एलबीएमए अवार्डस्, गोवामा संचालन हुने इन्टरनेसनल फेसन वीक, लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्नेछन् ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
मनोरञ्जन सम्बन्धित शीर्षकहरु
कमेडी शैलीमा तयार भएको ‘चुरीफुरी’ असोज १ गतेबाट रिलिज हुने
सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक
आर्टमान्डुको प्रोडक्सनमा कर्णेश राजथलाको म्युजिक भिडियो ‘वसन्त-शिशिर’ सार्बजनिक
प्रविण र अनिशा बने मोडल हन्ट नेपाल सिजन ६ का विजेता
ताजा अपडेट
माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत् उत्पादन ː उर्जा सचिव
आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता दिन्छौं ː अर्थमन्त्री पौडेल
बादललाई पुनː गृहमन्त्रीमा नियुक्त, सपथ आजै
म प्रधानमन्त्री पदका लागि लालायित छैन ː सभापति देउवा, राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने
बजेटमा इन्टरनेट सेवामा लाग्दै आएको करलाई घटाउन माग
निरन्तर ४ दिनको वृद्धिपछि नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ८० करोडको कारोबार
कोरोना संक्रमणबाट भारतमा एकैदिन १५ सयभन्दा बढीको मृत्यु
मेगाको क्यूआर भुक्तानी सेवा जोरपाटीको तरकारी बजारमा
फोटन पिकअपका लागि एमएडब्लू वृद्धिले ल्यायो ‘एस्योर्ड बाईब्याक’ स्किम
सामोमीले ल्यायो स्मार्टफोन कनेक्ट गर्न मिल्ने एमआइ वाच लाइट
लोकप्रिय
नेपाल टेलिकमको स्प्रिङ अफरः १४ जीबी डाटा अब जम्मा २९९ मा
४० देखि ५९ वर्ष उमेर समूहलाई चिनियाँ खोप दिइँदै
काठमाडौंमा फेरि वायु प्रदूषण बढ्यो, प्रदूषणको मात्रा २ सय २९ एक्युआई
बुधबारदेखि बन्द हुँदै नयाँ बसपार्कका टिकट काउण्टर
माछापोखरीको फलफूल तथा तरकारी बजार बैंक अफ काठमाण्डूको क्यूआर कोड