Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
यस वर्षको ‘महामुर्ख’ भए महजोडी
आर्थिक पाटी संवाददाता
२०७७-१२-१५
बिचार / प्रतिक्रिया
जनकपुर । यस वर्षको महामुर्खको उपाधि मह जोडीलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा प्रत्येक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई प्रदान गरिने भए पनि यस वर्ष मह जोडी अर्थात् कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको हो ।
महामुर्खको उपाधि पाएपछि महजोडीलाई प्रशंसा पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारीमिश्रित माला र दोसल्ला ओढाएर सुशोभन गरियो ।
सम्मान ग्रहण गर्दै मदनकृष्णले ४० वर्षको कलाकारिता जीवनमा कैयौं पुरस्कारहरू पाएर हर्षित भए पनि परिषदले दिएको महामुर्खको उपाधि पाउँदा खास अनुभूति गराएको बताए ।
‘हामीलाई सबैले विद्वान भन्थे तर हामी के हौँ हामीलाई मात्रै थाहा छ । तर, बल्ल हामीलाई चिनेर यो उपाधि प्रदान गरेको छ,’ उपाधि पाएपछि मदनकृष्णले भने, ‘परिषदसँगको ३० वर्षको सहकार्यकै कारण हामीलाई वास्तवमा चिन्न सम्भव भएको हो ।’
यस्तै, कलाकार हरिवंश आचार्यले ४० वर्षसम्म निरन्तर गरेको कामको प्रतिफल आफूहरूले आज पाएको बताए ।
हास्य ठट्यौलीका साथै भएको सो सम्मेलनमा सहभागी कविहरूले आ–आफ्ना कविताको माध्यमले विभिन्न विषयवस्तुमाथि कटाक्ष प्रहार गरेका थिए ।
महामुर्खको उपाधि दिने विगत २२ वर्षको परम्परा अनुसार यसअघि परिषदले कवि नरेश ठाकुर, एमाले नेता शत्रुधन महतो, जसपा नेता डा. विजयकुमार सिंह, वरिष्ठ राजनीतिक विश्लेषक सीके लाल, माओवादी केन्द्रका नेता रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया, जसपाका नेता वृषेशचन्द्र लाल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतलाई उपाधि प्रदान गरिसकेको छ ।
महामुर्ख सम्मेलनमा यस वर्ष मुर्ख शिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ ।
त्यस्तै, जनकपुर उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहलाई वैशाखनन्दन, जसपाका केन्द्रीय सदस्य राजीव झालाई वंश कुरहरि, डेली एक्सप्रेस दैनिक पत्रिकाका प्रकाशक शंकर साहलाई मुसरीलाल, जसपा नेतृ विन्दु ठाकुरलाई खपसुरती, जसपा नेता शेषनारायण यादवलाई चोन्हमा, नेपाल शिक्षक संघका प्रदेश २ अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तरघुस्का, सुरेश शर्मालाई हराशंखको उपाधि दिइएको छ ।
यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुजित झालाई सिलौटानन्द, साहित्यकार एवम् गीतकार अशोक दत्तलाई वोतलानन्द, नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शीतल साहलाई ढोरबा, मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहलाई लोढाशंकर, कराँतेका प्रशिक्षक वीरेन्द्र कर्णलाई बज्रकिट र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमुर्खको उपाधि प्रदान गरिएको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
मनोरञ्जन सम्बन्धित शीर्षकहरु
कमेडी शैलीमा तयार भएको ‘चुरीफुरी’ असोज १ गतेबाट रिलिज हुने
सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक
आर्टमान्डुको प्रोडक्सनमा कर्णेश राजथलाको म्युजिक भिडियो ‘वसन्त-शिशिर’ सार्बजनिक
प्रविण र अनिशा बने मोडल हन्ट नेपाल सिजन ६ का विजेता
ताजा अपडेट
माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत् उत्पादन ː उर्जा सचिव
आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता दिन्छौं ː अर्थमन्त्री पौडेल
बादललाई पुनː गृहमन्त्रीमा नियुक्त, सपथ आजै
म प्रधानमन्त्री पदका लागि लालायित छैन ː सभापति देउवा, राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने
बजेटमा इन्टरनेट सेवामा लाग्दै आएको करलाई घटाउन माग
निरन्तर ४ दिनको वृद्धिपछि नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ८० करोडको कारोबार
कोरोना संक्रमणबाट भारतमा एकैदिन १५ सयभन्दा बढीको मृत्यु
मेगाको क्यूआर भुक्तानी सेवा जोरपाटीको तरकारी बजारमा
फोटन पिकअपका लागि एमएडब्लू वृद्धिले ल्यायो ‘एस्योर्ड बाईब्याक’ स्किम
सामोमीले ल्यायो स्मार्टफोन कनेक्ट गर्न मिल्ने एमआइ वाच लाइट
लोकप्रिय
नेपाल टेलिकमको स्प्रिङ अफरः १४ जीबी डाटा अब जम्मा २९९ मा
४० देखि ५९ वर्ष उमेर समूहलाई चिनियाँ खोप दिइँदै
काठमाडौंमा फेरि वायु प्रदूषण बढ्यो, प्रदूषणको मात्रा २ सय २९ एक्युआई
बुधबारदेखि बन्द हुँदै नयाँ बसपार्कका टिकट काउण्टर
माछापोखरीको फलफूल तथा तरकारी बजार बैंक अफ काठमाण्डूको क्यूआर कोड