Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
पाचौ र्याली अफ होप सम्पन्न
विश्व मानवताले झेलिरहेका चुनौतिहरूलाई सबै मिलेर सम्वोधन गर्नु पर्नेमा विश्व नेताहरुको जोड
आर्थिक पाटी संवाददाता
२०७७-११-१८
बिचार / प्रतिक्रिया
काठमाण्डौ । संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पीस फेडेरेसनले य पाँचौं र्याली अफ होप भब्यताका साथ सम्पन्न गरेको छ ।
कोभिड १९ ले सृजना गरेको स्वास्थ्य प्रोटोकलका कारण अनलाइन आयोजना गरिंदै आएको
र्याली अफ होपको यस श्रृङ्खलामा शान्तिको साझेदारीलाई टेवादिनका लागि विश्व नेताहरू तथा नागरिक समाजका अगुवाहरु आवहान गरेका छन् । कार्यक्रममा विश्वनेताहरूले वर्तमान समयमा विश्व मानवताले झेलिरहेका चुनौतिहरूलाई सम्बोधन गर्नुका साथै शान्ति स्थापनाका नयाँ अवसरहरूका बारेमा पनि छलफल गरेका थिए ।
कार्यक्रमलाई विश्वका करोडौं दर्शकहरूले दृश्यावलोकन गरेको छ । र्याली अफ होपलाई नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी, केप भेद्रेका राष्ट्रपति जोर्ज कार्लोस फोन्सेका, गुयनाका प्रधानमन्त्री मार्क फिलिप्स, संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमका निर्देशक डेभिड ब्यास्ली, लेसोथो राजा लेट्सी तृतीय, साउथ अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लार्क, पूर्वी टिमोरका पूर्वराष्ट्रपति छनाना गुस्माओ, गणतन्त्र भारतका पूर्वउपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, अक्सफोर्ट विश्वविद्यालय अन्तरगत खोपविज्ञानका प्राचार्य साराह गिल्बर्ट लगायतले सम्बोधन गरेका थिए । अद्भूत डिजिटल प्रविधि मार्फत प्रश्तुत भएको दुई घण्टा ३० मिनेटको कार्यक्रममा विश्वप्रसिद्ध कोरियाली बाल कलाकार समूह दी लिट्टिल एञ्जल्सले आफ्नो बेजोड कला प्रश्तुत गरेका थिए ।
कोभिड १९ महामारिले सृजना गरेको प्राबधानका कारण भर्च्युअल रुपमा कार्यक्रम संञ्चालन गरेको कार्यक्रम आयोजक समितिका अध्यक्ष डा. युन योङ्ग होले बताए।उनका अनुसार १९४ मुलुकका बीस लाख दर्शक सहभागिहरू लाई भर्च्युअल टिकेट वितरण गरिएको थियो भने कार्यक्रम लाई अनलाइन तथा अन्य टेलिभिजन,सामाजीक सञ्जाल मार्फत दश करोड भन्दा बढी दर्शकहरूले हेरेका थिए।सम्मेलनमा ‘अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मूल्य मान्यता’ बिषयमा बत्ताहरुले आफ्नो घारणा राखेका थिए।सम्मेलनले मानव हित तथा पृथ्वीको भविष्य उत्तरदायि नेतृत्वको हातमा निर्भर रहेको कुरामा जोड दिएको थियो ।
सम्मेलनका वक्ताहरूले संसारले भोग्नुपरेको अकल्पनीय महामारी र चुनौतिहरूको सामना गर्न तथा विश्व र मानवतालाई आशाको सन्देश प्रवाह गर्नका लागि आपसी सहयोग तथा सहकार्यका लागि अपील गरका छन् । बत्ताहरुले कोभिड १९ का कारण छाएको सुस्ता र निस्कृयताका बिचमा पनि यूनिभर्सल पीस फेडेरेसनले विश्व शान्ति र मानवताका लागि निरन्तर काम गरिरहेको बताए । यूपिएफ कि सहसंसापक, डा. हाक जा हान मुनले आज मानवताले भोग्नु परेको आधारभूत समस्याहरूको जड भनेको स्वार्थी इच्छाहरू र असीमित लोभ भएको भन्ने कुरालाई पटक पटक दोर्याएकी थिइन् ।
मानव संसाधन लाई युद्धमा प्रयोग हुने हातहतियारमा प्रयोग गर्ने चलनको अन्त्य गर्नु पर्ने युगको आगमन भइसकेको बताईन् । विभिन्न १८८ प्रशारण स्टेसनहरू मार्फत संसारभर प्रसारित पहिलो भर्च्युअल र्याली अफ होपलाई विश्वभर बाट करोडौ दर्शकहरूले हेरेका थिए ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
बजार सम्बन्धित शीर्षकहरु
घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन जेठमा
नयाँ वर्षमा रिद्धि सिद्धिको “शिलान्यास रिद्धि सिद्धिसँग” योजना सार्वजनिक
कतार एयरवेज र जेटब्ल्यूद्वारा रणनीतिक साझेदारी विस्तार
राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा
ताजा अपडेट
माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत् उत्पादन ː उर्जा सचिव
आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता दिन्छौं ː अर्थमन्त्री पौडेल
बादललाई पुनː गृहमन्त्रीमा नियुक्त, सपथ आजै
म प्रधानमन्त्री पदका लागि लालायित छैन ː सभापति देउवा, राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने
बजेटमा इन्टरनेट सेवामा लाग्दै आएको करलाई घटाउन माग
निरन्तर ४ दिनको वृद्धिपछि नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ८० करोडको कारोबार
कोरोना संक्रमणबाट भारतमा एकैदिन १५ सयभन्दा बढीको मृत्यु
मेगाको क्यूआर भुक्तानी सेवा जोरपाटीको तरकारी बजारमा
फोटन पिकअपका लागि एमएडब्लू वृद्धिले ल्यायो ‘एस्योर्ड बाईब्याक’ स्किम
सामोमीले ल्यायो स्मार्टफोन कनेक्ट गर्न मिल्ने एमआइ वाच लाइट
लोकप्रिय
नेपाल टेलिकमको स्प्रिङ अफरः १४ जीबी डाटा अब जम्मा २९९ मा
४० देखि ५९ वर्ष उमेर समूहलाई चिनियाँ खोप दिइँदै
काठमाडौंमा फेरि वायु प्रदूषण बढ्यो, प्रदूषणको मात्रा २ सय २९ एक्युआई
बुधबारदेखि बन्द हुँदै नयाँ बसपार्कका टिकट काउण्टर
माछापोखरीको फलफूल तथा तरकारी बजार बैंक अफ काठमाण्डूको क्यूआर कोड