पिसिपिएस कलेजको तेश्रो दिक्षान्त, ६४ विद्यार्थी दिक्षीत

पिसिपिएस कलेजको तेश्रो दिक्षान्त, ६४ विद्यार्थी दिक्षीत

काठमाडौं । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) ले आफ्नो तेश्रो दिक्षान्त समारोह मनाएको छ । यहि फागुन १७ गते राजधानीस्थित होटेल काठमाडौँ म्यरिओट मा भव्यतासाथ कार्यक्रम आयोजना भयो । यो कलेज बेलायतस्थित प्रशिद्ध बेडफर्डशाईर विश्व विद्यालयसँग आवद्ध छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवम् सफ्टवेयर इन्जिनेरिंग र बिबिए बिषयसँग सम्बन्धित कुल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको  प्रमाण पत्र प्राप्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रमाण पत्र प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै राष्ट्रको समग्र बिकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु पर्ने बताए । 

साथै शिक्षा ऐनको संसोधन गरि आधुनिक शिक्षा प्रणालीको बिकाश गर्न एउटा छुट्टै बिशेष कार्यदल बनाएर काम थालिने पनि जानकारी गराए । 

यसैगरि  समारोहमा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका अध्यक्ष पंकज जालानले २०१७ ईस्वी सनमा स्थापित पीसीपीसीले आफूलाई मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको बताए ।

‘नेपाली विद्यार्थीहरु नेपालमै  अन्तराष्ट्रियस्तरको  शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने हाम्रोे सपनालाई साकार पार्न यस कलेजले ठुलो भूमिका खेलिरहेको छ, उनले बताए । 

समारोहमा अर्का वक्ता काठमान्डु विश्व बिद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले  स्नातक तह उत्तीर्ण  गर्ने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुको शैक्षिक उपलब्धिप्रति  आफू गौरवान्वित भएको  बताए । 

समारोहका बिशेष अतिथि  एवं एनबिसीसीआइका  अध्यक्ष राजेन्द्र खेतानले यी  विद्यार्थीहरुले भोलि कार्पोरेट क्षेत्रको चुनौतीहरुलाई उच्च व्यावसायिक क्षमताका साथ सामना गर्न सक्ने बिश्वास व्यक्त गरे । दिक्षित बिध्यार्थीहरुलाई नेपाली श्रम बजारमा स्वागत पनि उनले गरे ।

कार्यक्रममा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका कार्यकारी निर्देशक ई. प्रकाश कुमार केजरिवालले  स्वागत मन्तब्य व्यक्त गर्दै स्नातक तह उत्तिर्ण बिद्यार्थीहरुप्रति खुसी व्यक्त गर्दै गरे । 

पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिजनेस एड मिनिस्ट्रेसन् बिषयहरुला स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ ।  

यसैगरी यस  कलेजले फुसेमसिँस नामक कम्पनीसँग साझेदारी गर्दै आर्टिपिÞmसिएल इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।           

 

 

 

No comment yet. Be the first one to comment.