सानिमा बैंक काठमाडौंको कीर्तिपूरमा

सानिमा बैंक काठमाडौंको कीर्तिपूरमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको कीर्तिपूर (पाङ्गा दोबाटो) मा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरे । 
 
समुद्घाटन् समारोहमा मह जोडीले कीर्तिपूरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
 
सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 
 
No comment yet. Be the first one to comment.