आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुनःभरण परियोजना नेपाली सेनाको श्रीराजदल गणलाई हस्तान्तरण

आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुनःभरण परियोजना नेपाली सेनाको श्रीराजदल गणलाई हस्तान्तरण

काठमाडौं । वाटरएड नेपाल र कोका कोला फाउन्डेसनको सहयोगमा, एकीकृत शहरी विकास केन्द्रले आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुन:भरण परियोजना नेपाली सेनाको राज दल गण हाताभित्र हस्तान्तरण गरेको छ ।

उक्त परियोजना ललितपुर महानगरका मेयर चिरी बाबु महर्जनको उपस्थितिमा राज दल पाटन ब्यारेकमा हस्तान्तरण गरिएको हो। उक्त परियोजना जनवरी २०२० सुरु गरिएको हो।

मेयर महर्जनले एकीकृत शहरी विकास केन्द्र, वाटरएड नेपाल, कोका कोला फाउन्डेसन र राज दल सेना ब्यारेकलाई ले आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुन भरण परियोजना संचालन गरेकोमा धन्यवाद दिए।

पाटन शहरको उच्चस्थानमा अवस्थित, लगनखेल क्षेत्र एउटा प्राकृतिक पुन: भरण क्षेत्र हो जहाँ भूमिगत जल पुन: भरण हुन्छ, जसले सामुदायिक इनार र ढुङ्गे धारामा पानीको आपूर्ति गर्दछ।

यो परियोजना लगनखेल तथा यसका वरपरका क्षेत्रहरूमा भूमिगत जलको पुन: भरण गर्ने गरी र यस प्रविधिलाई अझ व्यापक समुदायहरू माझ प्रदर्शन गर्ने लक्ष्य राखेर सञ्चालनमा ल्याइएको छ।

ब्यारेकको परिसरभित्र ५१ वटा फिल्टर च्याम्बरहरू सहितको ५१ पुन भरण इनारहरू निर्माण गरिएका थिए। यी इनारहरू मार्फत सम्भाव्य जल पुन भरणको अपेक्षित वार्षिक परिमाण ५ करोड १० लाख लिटर रहेको छ। यसका अतिरिक्त सतहमा बग्ने पानीबाट थिगर तथा बालुवा हटाउनका लागि, यस क्षेत्रमा फोहर पानी ल्याउन सक्ने ठाउँहरूमा तिन वटा थिगर (सिल्ट) हटाउने बेसिनहरूको पनि निर्माण गरिएको थियो। भूमिगत जलको पुन भरण सम्बन्धी पहलकदमीको कार्यकुशलता प्रदर्शन गर्नका लागि एउटा वर्षा बगैँचाको निर्माण पनि गरिएको छ।

सम्बन्धित संस्था वा व्यक्ति विशेषको घरधुरीमा रणनीतिक स्थानहरूमा प्रवर्धन गर्न सकिने साधारण तथा न्यून खर्च लाग्ने पुन भरण इनारहरूको निर्माण गरेर कृत्रिम पुन भरण प्रक्रिया मार्फत यो भूमिगत जल तालिकालाई कायम गर्न सकिन्छ।

यो कार्य सामुदायिक पोखरीहरूलाई ब्यूताएर पनि गर्न सकिन्छ।भूमिगत जल पुन: भरणले आँधीबेहरीका बखत आउने पानीको पनि व्यवस्थापन गर्दछ, जसले शहरी बाढीको न्यूनीकरण गर्दछ।

नेपालमा कोका–कोला कम्पनीका देशीय निर्देशकले अम्बुज सिंहले भने, ‘हामीले हाम्रा पेय पदार्थमा प्रयोग गरेभन्दा धेरै पानी पुन भर्ने गर्नका लागि कोका–कोला कम्पनीले एउटा अग्रणी प्रतिबद्धता गरेको छ। पानीका स्रोतहरूको संरक्षण तथा पुन भर्ने, जिम्मेवारीपूर्ण पानीको प्रयोगको प्रवर्धन तथा सबैजनाका लागि सफा पानीमा पहुँच सुनिश्चित गर्न सहयोग पुर्‍याउने हाम्रो जिम्मेवारी रहेको छ। शहरी तथा ग्रामीण समुदायहरूमा जल संरक्षण अभ्यासहरू तथा अन्य नवीनतम परियोजनाहरूलाई प्रोत्साहित गर्न र कार्यान्वयनलाई हाँक्नका लागि नेपालमा वाटरएडसँगको हाम्रो साझेदारीले गति लिँदै छ।’

 

 

No comment yet. Be the first one to comment.