Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
शिखरले डाक्यो साधारण सभा, फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुकक्लोज गर्ने
आर्थिक पाटी संवाददाता
२०७७-११-१६
बिचार / प्रतिक्रिया
काठमाडौं । शिखर इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव र पुनः हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
इन्स्योरेन्सले चैत ९ गते सोमबार, बिहान ११ बजे आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा १५ औँ र १६ औँ वार्षिक साधारण सभा बोलाएको हो ।
सो सभाले यसै आर्थिक वर्षमा बाँडफाँट गरेको हकप्रद शेयरपश्चात कायम चुक्ता पूँजीको २७.७६९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रस्तावित बोनस गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३६.१ प्रतिशत र नगद लाभांश १.९ प्रतिशत हो ।
यसका साथै, बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने, इन्स्योरेन्सको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
गत असार मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ थियो। सो चुक्तापूँजीको १ बराबर ०.३ अनुपातमा हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ। अब ३८ करोड १६ लाख ८९ हजार १२७ रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार ९२७ रुपैयाँ पुग्नेछ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
शेयर बजार सम्बन्धित शीर्षकहरु
निरन्तर ४ दिनको वृद्धिपछि नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ८० करोडको कारोबार
एनआईबिएल समृद्धि फण्ड २ को निष्काशन बैशाख १३ गतेदेखि
कामना सेवा विकास बैंकको खुद नाफा उल्लेख्य बढ्यो
२०७८ सालको पहिलो आइपीओ आउँदैं, सिइडिबी हाइड्रोपावरले आइपीओ जारी गर्न पायो अनुमति
ताजा अपडेट
माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत् उत्पादन ː उर्जा सचिव
आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता दिन्छौं ː अर्थमन्त्री पौडेल
बादललाई पुनː गृहमन्त्रीमा नियुक्त, सपथ आजै
म प्रधानमन्त्री पदका लागि लालायित छैन ː सभापति देउवा, राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने
बजेटमा इन्टरनेट सेवामा लाग्दै आएको करलाई घटाउन माग
निरन्तर ४ दिनको वृद्धिपछि नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ८० करोडको कारोबार
कोरोना संक्रमणबाट भारतमा एकैदिन १५ सयभन्दा बढीको मृत्यु
मेगाको क्यूआर भुक्तानी सेवा जोरपाटीको तरकारी बजारमा
फोटन पिकअपका लागि एमएडब्लू वृद्धिले ल्यायो ‘एस्योर्ड बाईब्याक’ स्किम
सामोमीले ल्यायो स्मार्टफोन कनेक्ट गर्न मिल्ने एमआइ वाच लाइट
लोकप्रिय
नेपाल टेलिकमको स्प्रिङ अफरः १४ जीबी डाटा अब जम्मा २९९ मा
४० देखि ५९ वर्ष उमेर समूहलाई चिनियाँ खोप दिइँदै
काठमाडौंमा फेरि वायु प्रदूषण बढ्यो, प्रदूषणको मात्रा २ सय २९ एक्युआई
बुधबारदेखि बन्द हुँदै नयाँ बसपार्कका टिकट काउण्टर
माछापोखरीको फलफूल तथा तरकारी बजार बैंक अफ काठमाण्डूको क्यूआर कोड