नेपाली जनताको ऐतिहासिक जित ː प्रचण्ड–माधव समूह

प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साटे

नेपाली जनताको ऐतिहासिक जित ː प्रचण्ड–माधव समूह
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद पुनर्स्थापनासँगै जनताको जित भएको बताएको छ ।
 
चितवनमा रहेका अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक इललासले ऐतिहासिक र साहसिक फैसला गरेको बताएका छन् ।
 
अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् । उनीहरुले कार्यकर्ताहरुलाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् ।  भोलि चितवनमा हुने भनेको कार्यक्रम पनि अब विजयसभामा परिणत हुने भनिएको छ ।