Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
प्लाज्मा थेरापी विधि र रेम्डेसिभिरको प्रयोग प्रभावकारी ː स्वास्थ्य अनुसन्धान परिषद्
आर्थिक पाटी संवाददाता
२०७७-११-११
बिचार / प्रतिक्रिया
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि रेम्डेसिभिर र प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएको एक अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अवलोकन अध्ययन प्रतिवेदन अनुसार ती दुवै उपचार विधि पाउने संक्रमितमध्ये ७४ प्रतिशतको स्वास्थ्य अवस्था राम्रो देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का बिरामीहरुको उपचारमा कन्भलेसेन्ट प्लाज्मा थेरापी विधि र रेम्डेसिभिर नामक औषधिको प्रयोगको प्रभावकारिताबारे अध्ययन गर्ने जिम्मेवारी परिषद्लाई दिएको थियो ।
परिषद्ले मंगलबार सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा मध्यम संक्रमण भएकाहरुलाई रेम्डेसिभिरबाट उपचार गर्दा ९८ प्रतिशतभन्दा बढी निको भएको उल्लेख छ ।
यस्तै कन्भलेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका अधिकांश बिरामीको अवस्था जटिल देखिएको थियो । यो विधिबाट उपचार गरिएका बिरामीहरुको निको हुने दर ३९ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
रेम्डेसिभिर र प्लाज्मा थेरापीबाट उपचार गरिएका ५ प्रतिशत बिरामीमा भने प्रतिकूल असर देखिएको थियो भने डिस्चार्ज हुने समयमा उनीहरु पनि पूर्ण रुपमा निको भएको परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा छ ।
देशभरका ३० वटा अस्पतालका १ हजार ३१५ जना बिरामीलाई समेटेर परिषद्ले अवलोकन अध्ययन गरेको थियो । अध्ययनको क्रममा गम्भीर संक्रमण देखिएका बिरामीहरुलाई समावेश गरिएको र औसत उमेर ५५ वर्ष रहेको परिषद्ले जनाएको छ ।
हेर्नुहोस् सार्वजनिक गरिएको प्रतिवेदन ː
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
विप्लवको तर्फबाट प्रकाण्डसहित २ सदस्यीय वार्ता टोली घोषणा
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा
सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो
विप्लवसँग वार्ता गर्न बादल नेतृत्वको दुई सदस्यीय टोली गठन
ताजा अपडेट
विप्लवको तर्फबाट प्रकाण्डसहित २ सदस्यीय वार्ता टोली घोषणा
नयाँ स्वादसहित आइसवर्ग बजारमा
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा
सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो
विप्लवसँग वार्ता गर्न बादल नेतृत्वको दुई सदस्यीय टोली गठन
प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने मिति सर्यो
कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप
ज्योति विकास बैंक र क्लक बी द्वारा महिला उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न
पाचौ र्याली अफ होप सम्पन्न
नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडिओ
लोकप्रिय
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग
राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश
कतार एयरवेज ‘युईएफए युरो २०२०’ को आधिकारिक प्रायोजक
ओपोद्वारा एमडब्ल्यूसी शंघाई मार्फत फ्ल्याश चार्जको बृहत्त प्रदर्शनी
अपि पावरले हकप्रद शेयर निष्काशन गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड