Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
उपत्यकाका ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखियो
आर्थिक पाटी संवाददाता
२०७७-११-११
बिचार / प्रतिक्रिया
काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले देखाएको छ । उपत्यकाका २० वटा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा गरिएको सेरोइपिडिमियोलोजी अध्ययनले अस्पतालमा काम गर्ने कर्मचारी मध्ये सबैभन्दा बढी ३६ प्रतिशत नर्सहरु कोरोना संक्रमित भएको जनाएको छ ।
उक्त अध्ययनका अनुसार नर्सपछि प्रशासन तर्फका २२ प्रतिशत कर्मचारी संक्रमित पाइएको थियो । त्यसैगरी १८ प्रतिशत चिकित्सक, ७ प्रतिशत ल्याव र औषधि पसलमा काम गर्ने फर्मासिस्टलाई संक्रमण देखिएको थियो । त्यसैगरी १७ प्रतिशत अन्य कर्मचारीमा कोभिड–१९ पुष्टि भएको थियो ।
काठमाडौं उपत्यकामा कोभिड–१९ को सेरोइपिडिमियोलोजी अध्ययनका अनुसार उपत्यकाका अस्पतालहरुमा काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोभिड–१९ को संक्रमणको अवस्था अध्ययनको लागि गरिएको सर्वेक्षणमा त्यस्तो नतिजा देखिएको हो । उक्त अध्यनको अनुसार २० वटा अस्पतालमा ३२ प्रतिशत देखि ५६ प्रतिशतसम्ममा एन्टीबडीको संयोजित व्यापकता रहेको अनुसन्धानले देखाएको छ ।
अनुसन्धानमा अन्नपुर्ण न्यूरो इन्स्टिच्युट, बीर अस्पताल, नेपाल आँखा अस्पताल, प्रसुति गृह, ह्यामस अस्पताल, निजामती कर्मचारी अस्पताल, भेनस अस्पताल, मेडिसिटी अस्पताल, अल्का अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, किस्ट अस्पताल, नेपाल क्यान्सर अस्पताल, स्टार अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, कान्तिवाल अस्पताल, नेपाल मेडिकल कलेज, ओम अस्पताल, नेपाल सशस्त्र प्रहरी बल र मोडेल अस्पताल कीर्तिपुरमा काम गर्ने नर्स डाक्टर प्रशासन ल्याव लगायतका कर्मचारी सहभागी थिए ।
उनीहरुमा कोभिड–१९ भए नभएको हेर्न एन्टीबडी व्यापकता जाँच गरिएको थियो । त्यसको प्रमाणीकरणका लागि त्रिवि शिक्षण अस्पतालको वायोमेट्रिक विभागको ल्यावमा परीक्षण गरिएको थियो । अध्ययनमा एनएचआरसीको सदस्य सचिव डाक्टर प्रदिप ज्ञवाली र कन्सल्टेन्ट फिजिसियन डा. किरण राज पाण्डे सहभागी थिए ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
विप्लवको तर्फबाट प्रकाण्डसहित २ सदस्यीय वार्ता टोली घोषणा
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा
सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो
विप्लवसँग वार्ता गर्न बादल नेतृत्वको दुई सदस्यीय टोली गठन
ताजा अपडेट
विप्लवको तर्फबाट प्रकाण्डसहित २ सदस्यीय वार्ता टोली घोषणा
नयाँ स्वादसहित आइसवर्ग बजारमा
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा
सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो
विप्लवसँग वार्ता गर्न बादल नेतृत्वको दुई सदस्यीय टोली गठन
प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने मिति सर्यो
कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप
ज्योति विकास बैंक र क्लक बी द्वारा महिला उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न
पाचौ र्याली अफ होप सम्पन्न
नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडिओ
लोकप्रिय
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग
राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश
कतार एयरवेज ‘युईएफए युरो २०२०’ को आधिकारिक प्रायोजक
ओपोद्वारा एमडब्ल्यूसी शंघाई मार्फत फ्ल्याश चार्जको बृहत्त प्रदर्शनी
अपि पावरले हकप्रद शेयर निष्काशन गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड