Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
एनसेल एपको नयाँ संस्करण सार्वजनिक, ग्राहकका लागि आकर्षक थप सुविधाहरु
आर्थिक पाटी संवाददाता
२०७७-११-११
बिचार / प्रतिक्रिया
काठमाडौं । सबै एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले सोमबार (फाल्गुन १०) विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ ।
नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निːशुल्क प्रदान गर्दछ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।
एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकले १ जीबी डेटा निःशुल्क पाउने
सहज रुपमा अनलाइन रिचार्ज, भ्वाइस र डेटा प्याक लिन सकिने
एपबाटै गुनासो दर्ता गर्न सकिने सुविधा
सेवा सुचारु तथा बन्द गर्ने सुविधा
एनसेलका सबै सेवा तथा सुविधाका बारेमा सेल्फ सर्भिस उपलब्ध
यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्छन् ।
त्यसैगरी यस संस्करणमा एप मार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ ।
यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । एपमा ग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरु सुचारु गर्न सक्छन् ।
उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न एनसेल सदैव तत्पर रहेको छ र यसै अनुरुप ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउन नविनतम सेवाहरु ल्याउने गरेको छ । निकै सराहाना गरिएकोे एनसेल एपमा थप गरिएको सुविधाहरुले एप मार्फत लिइने सेवालाई थप परिस्कृत तथा सहज बनाउन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । विशेष गरी ग्राहक जहाँ भएपनि छिटो छरितो ग्राहक सेवाको लागि यो एप निकै सहयोगी हुने विश्वास लिइएको छ ।
ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउन एनसेल सदा प्रतिवद्घ रहेको छ । यसै प्रतिवद्धता अन्तर्गत एनसेलले गत महिनामात्र च्याटबोट सेवा ‘माया’ ल्याएको थियो । एनसेल एपमा यो च्याटबोट सेवा पनि समावेश रहेको छ ।
एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
सूचना-प्रविधि सम्बन्धित शीर्षकहरु
डिजिटल रूपान्तरणको गति बढाउनको लागि ह्वावेद्वारा एपीएसी टेक इकोसिस्टमको सुधार
एनसेलको ‘सहयात्री सिम’ ː वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना
एप्पल बन्यो सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड
युट्युबले ल्यायो आफ्ना बच्चाबच्चीको निगरानी गर्न सकिने नयाँ फिचर
ताजा अपडेट
राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ ː वरिष्ठ उपाध्यक्ष ढकाल
नेपालसहित लाओस र बङ्गलादेश विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस
डिजिटल रूपान्तरणको गति बढाउनको लागि ह्वावेद्वारा एपीएसी टेक इकोसिस्टमको सुधार
सिद्धार्थ बैङ्कका ग्राहकहरुलाई त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा १०% सम्मको छुट
पोखरामा पनि माछापुच्छ्रे बैङ्कको क्यूआर सेवा शुरु
भेस्पा र अप्रिलियाको व्यवसायिक शोरुम अब गोरखा र तनहुँमा पनि
एनआईसी एशियाको कार्ड प्रयोग गरी सस्तोडिलमार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता
सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
एनसेलको ‘सहयात्री सिम’ ː वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना
परीक्षा उत्तीर्ण गरेको एक महिनामा चालक अनुमतिपत्र पाइने
लोकप्रिय
विश्व हिन्दू परिषदद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न
शिक्षक र सार्वजनिक यातायातका चालक–सहचालकलाई पनि कोरोना खोप
स्प्राइटको नयाँ अभियान “रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स”
एशियन पेन्ट्स ‘द क्लाइडोस्कोप आर्किटेक्चर स्टुडेन्टस् डिजाइन प्रतियोगिता २०१९–२०’ को विजेताहरु घोषणा
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग