नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी नियुक्त

नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक पदमा महालेखा नियन्त्रक मधु कुमार मरासिनी नियुक्त भएका छन् ।

अर्थमन्त्रालयको ५ फागुनमा बसेको मन्त्रीस्तरीय बैठकले उनलाई बैंकको सञ्चालक पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

यसअघिका सञ्चालक बासुदेव अधिकारीले राजीनामा दिएपछि २७ माघदेखि मन्त्रालय सञ्चालकविहीन भएको थियो ।

अर्थमन्त्रालयको सहसचिव मरासिनीलाई महालेखा नियन्त्रकको जिम्मेवारी दिइएको थियो । उनलाई नै मन्त्रालयलय नेपाल बैंकको सञ्चालक पदको समेत जिम्मेवारी दिएको हो ।

 

 

No comment yet. Be the first one to comment.