Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
४० प्रतिशतसम्म भाडा बढाउन यातायात व्यवसायीको माग
आर्थिक पाटी संवाददाता
२०७७-११-६
बिचार / प्रतिक्रिया
काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक(पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम दिएको छ ।
तर, सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ । एक हप्तामै लिटरमा ४ रुपैयाँ मूल्यवृद्धि भएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले पनि यातायात व्यवस्था विभागसँग भाडा बढाउन माग गरेको छ ।
महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ कम्तिमा ३० दखि ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने अवस्था रहेको बताउँछन् । सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै सकेसम्म व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गर्न नभए भाडा बढाउन विभागलाई भनिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
‘डिजेलको मूल्य ७१ रुपैयाँ हुँदा भाडा समायोजन भएको थियो, अहिले सय रुपैयाँ नजिक पुगिसक्यो,’ उनले भने,’राष्ट्र बैंकको मूल्यवृद्धिको आँकडालाई हरेर यसपटक वैज्ञानिक समायोजन गर्दा ३०देखि ४० प्रतिशतसम्म भाडा बढ्नुपर्छ ।’
उनले ढुवानी गर्दा लाग्ने खर्च बढेकाले भाडा बढाउनै पर्ने अवस्था आएको बताए । सरकारले तोक्ने भाडामा व्यवसायीले प्रतिस्पर्धा गर्ने भन्दै अध्यक्ष श्रेष्ठले तोकिएको भन्दा बढी भाडा नलिने अवस्था बनाउन पनि भाडा बढाउन आवश्यक रहेको बताए ।
अब सरकारले सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने व्य
वसायीको भनाइ छ । सरकारले २०६५ फागुन २० गतेबाट वैज्ञानिक भाडादर समायोजन सम्बन्धी कार्यविधि जारी गरेको थियो ।
यसअनुसार तेलको मूल्यलाई ३५ प्रतिशत अंक भार दिएर लुब्रिकेन्ट, टायर, मर्मत शुल्क लगायतलाई ६५ प्रतिशत अंकभार दिएर सवारीको भाडा समायोजन गर्न सकिने व्यवस्था गरेको थियो । तर, सरकारले त्यसपछि दुईपटक मूल्य समायोजन गर्न तेलको मूल्यलाई मात्रै आधार बनाएर भाडा बढाएको थियो ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
यातायात सम्बन्धित शीर्षकहरु
भेस्पा र अप्रिलियाको व्यवसायिक शोरुम अब गोरखा र तनहुँमा पनि
परीक्षा उत्तीर्ण गरेको एक महिनामा चालक अनुमतिपत्र पाइने
टीभीएस ग्रान्ड एक्सचेञ्ज मेला बिहिवारबाट शुरु हुँदै
भित्रियो बहुप्रतिष्ठित निशान ‘म्यागनाइट’ सुपर कार, यस्ता छन् फिचर्स
ताजा अपडेट
राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ ː वरिष्ठ उपाध्यक्ष ढकाल
नेपालसहित लाओस र बङ्गलादेश विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस
डिजिटल रूपान्तरणको गति बढाउनको लागि ह्वावेद्वारा एपीएसी टेक इकोसिस्टमको सुधार
सिद्धार्थ बैङ्कका ग्राहकहरुलाई त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा १०% सम्मको छुट
पोखरामा पनि माछापुच्छ्रे बैङ्कको क्यूआर सेवा शुरु
भेस्पा र अप्रिलियाको व्यवसायिक शोरुम अब गोरखा र तनहुँमा पनि
एनआईसी एशियाको कार्ड प्रयोग गरी सस्तोडिलमार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता
सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
एनसेलको ‘सहयात्री सिम’ ː वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना
परीक्षा उत्तीर्ण गरेको एक महिनामा चालक अनुमतिपत्र पाइने
लोकप्रिय
विश्व हिन्दू परिषदद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न
शिक्षक र सार्वजनिक यातायातका चालक–सहचालकलाई पनि कोरोना खोप
स्प्राइटको नयाँ अभियान “रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स”
एशियन पेन्ट्स ‘द क्लाइडोस्कोप आर्किटेक्चर स्टुडेन्टस् डिजाइन प्रतियोगिता २०१९–२०’ को विजेताहरु घोषणा
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग