सजिलो डाइन : क्यूआरबाट खानाको मेन्यू, सेकेन्डमै अडर !

सजिलो डाइन : क्यूआरबाट खानाको मेन्यू, सेकेन्डमै अडर !

काठमाडौँ । विश्व डिजिटलाइज हुँदैछ । अहिले हरेक क्षेत्र, काम कारबाहीदेखि मानव संसाधन, उपभोग गर्ने सेवा सुविधाहरुमा समेत डिजिटलाइजेसन (प्रविधीकरण) हुँदैछ । बढ्दो प्रविधि प्रयोगसँगै पछिल्लो समय मान्छे यान्त्रीकरण एवं प्रविधिसँग आकर्षित हुँदैछन् । यसको पछिल्लो उदाहरण हो– ‘सजिलो डाइन डट्कम’ ।

होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरुलाई लक्षित गर्दै सजिलो डाइन (Sajilo Dine) ले डिजिटल मेन्यू सफ्टवेयर ‘सजिलो डाइन डट्कम’ ल्याएको छ । उच्चतम प्रविधिको प्रयोग गर्दै कम्पनीले होटल तथा रेस्टुरेन्टमा खाना तथा नास्ता गर्न जाने क्लाइन्ट (उपभोक्ता) र सर्भिस (कम्पनी)लाई सहज हुनेगरी डिजिटल क्यूआर स्क्यानर मेन्यू उपलब्ध गराएको हो ।