Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
महासंघको स्वास्थ्य तथा शीप विकास समिति विस्तार
आर्थिक पाटी संवाददाता
२०७७-१०-१४
बिचार / प्रतिक्रिया
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य हेमराज ढकालको सभापतित्वमा गठित स्वास्थ्य तथा सीप विकास समिति विस्तार भएको छ ।
समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य भक्तबहादुर हमाल र महासंघको वस्तुगत परिषदका पूर्व सहसभापतिमा लोकनाथ गैरे चुनिएका छन् । समितिका सदस्यहरूमा हेमराज बडाल, मृगेन्द्र मेहर श्रेष्ठ, सिताराम रेग्मी, रामेश्वर पराजुली, शंकर खड्का र राजेन्द्र बराल रहेका छन् ।
समितिमा आमन्त्रित सदस्यहरूमा नेपाल हस्तकला महासंघका उपाध्यक्ष सुनिल चित्रकार, ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उसन बज्राचार्य, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कार्यकारिणी समिति सदस्य सदिस श्रेष्ठ, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साह, कुवेर निरौला, केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएशन अफ नेपाल अध्यक्ष सुरेश घिमिरे, नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश कुमार अग्रवाल र सम्यक डाइगोन्स्टिक प्रा.लि.का अध्यक्ष डा. केयूर गौतम छन् ।
त्यसैगरी महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डी.बी. बस्नेत, स्थानीय आर्थिक विकास समितिका सभापति सुरकृष्ण वैद्य, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघको कार्यकारिणी समितिका सदस्य एवं कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, कार्यकारिणी समिति सदस्य सुमित केडिया र महासंघकै पूर्व कार्यसमिति सदस्यहरू कमला श्रेष्ठ, ई.विनोद ढकाल र रविन श्रेष्ठ समितिको सल्लाहकारमा चयन भएका छन् ।
उक्त समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले वैदेशिक रोजगारीमा लाखौ युवाहरू सिप विनानै गएका कारण न्यूनतम पारिश्रमिकमा कठिन खालका काम गर्न बाध्य भएकाले महासंघको नेतृत्वमा दक्ष जनशक्ति विकासमा समितिले आफूलाई केन्द्रीत गर्न सुझाव दिए । अहिले पनि नेपालमा कपाल काट्ने व्यवसायदेखि, ज्वेलरी तथा निर्माण क्षेत्रमा लाखौ विदेशी कामदारहरूले काम गरिरहेकाले स्वदेशमै आवश्यक शीप सहित दक्षजनशक्ति उत्पादन गर्न सके हाल कार्यरत विदेशी कामदारहरूलाई प्रतिस्थापन गर्न सकिने बताए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उक्त समितिको भुमिका ठूलो रहेको भन्दै समय समयमा बैंठक राखेर विभिन्न कार्यक्रमको तर्जुमा गर्नुपर्ने सुझाव दिए । महासंघको रोजगारदाता परिषदका सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघईले अहिले पनि विदेशी दातृ निकायहरूले नेपाली कम्पनीहरूको सहकार्यमा नेपाली कामदारलाई तालिम दिदै आएको जानकारी दिदै अबका दिनमा यस्ता विषयमा समितिले अग्रता लिनुपर्ने धारणा राखे ।
समितिका सभापति ढकालको अध्यक्षतामा वसेको पहिलो बैठकले नेपाली युवालाई क्षेत्रगत रुपमा तालिम दिएर स्वदेशमै रोजगारी सिर्जना गर्ने काम गर्ने, नेपाल सरकार शिक्षा मन्त्रालय र विभिन्न संघसंस्थाहरूसंग समेत सहकार्यगरी नेपाली उद्योग व्यवसायका लागि आवश्यक जनशक्ति विकासका लागि आवश्यक जनशक्ति उत्पादनमा काम गर्ने, कार्यस्थलमा स्वास्थ्य तथा सुरक्षाका विषयमा आइएलओ लगायतका अन्तराष्ट्रिय संघ संस्थाहरूसंग समेत समन्वय गरी काम गर्ने लगायतका निर्णयहरू गरेको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ ː वरिष्ठ उपाध्यक्ष ढकाल
नेपालसहित लाओस र बङ्गलादेश विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस
चीन सरकारको दरबार हाई स्कुललाई सहयोग
औषधि व्यवस्था विभाग ले लगायो आठ ब्रान्डका औषधी बिक्री वितरणमा रोक
ताजा अपडेट
राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ ː वरिष्ठ उपाध्यक्ष ढकाल
नेपालसहित लाओस र बङ्गलादेश विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस
डिजिटल रूपान्तरणको गति बढाउनको लागि ह्वावेद्वारा एपीएसी टेक इकोसिस्टमको सुधार
सिद्धार्थ बैङ्कका ग्राहकहरुलाई त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा १०% सम्मको छुट
पोखरामा पनि माछापुच्छ्रे बैङ्कको क्यूआर सेवा शुरु
भेस्पा र अप्रिलियाको व्यवसायिक शोरुम अब गोरखा र तनहुँमा पनि
एनआईसी एशियाको कार्ड प्रयोग गरी सस्तोडिलमार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता
सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
एनसेलको ‘सहयात्री सिम’ ː वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना
परीक्षा उत्तीर्ण गरेको एक महिनामा चालक अनुमतिपत्र पाइने
लोकप्रिय
विश्व हिन्दू परिषदद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न
स्प्राइटको नयाँ अभियान “रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स”
शिक्षक र सार्वजनिक यातायातका चालक–सहचालकलाई पनि कोरोना खोप
एशियन पेन्ट्स ‘द क्लाइडोस्कोप आर्किटेक्चर स्टुडेन्टस् डिजाइन प्रतियोगिता २०१९–२०’ को विजेताहरु घोषणा
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग