इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारसम्म बाँडफाँट हुने, कति पर्ला भागमा ?

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारसम्म बाँडफाँट हुने, कति पर्ला भागमा ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ यही साता बाँडफाँट हुने भएको छ । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ ढिलोमा आगामी शुक्रबारसम्म बाँडफाँट गरिने भएको हो ।
 
निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको बताएको छ । क्यापिटलका अनुसार आगामी शुक्रबार नै बाँडफाँट गर्ने गरी काम भइरहेको छ । 
 
बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।
 
आईपीओमा मागभन्दा २.३९ गुणा बढी आवेदन परेको छ । आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् । आवेदनका आधारमा हेर्दा रितपूर्वक आवेदन दिएकाहरुलाई औसतमा ५० कित्ता सेयर पर्ने देखिएको छ ।
 
No comment yet. Be the first one to comment.