पूँजी बजारको सुधार मेरो प्राथमिकतामा छ ː अर्थमन्त्री

पूँजी बजारको सुधार मेरो प्राथमिकतामा छ ː अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री  विष्णु  पौडेलले आफ्नो प्राथमिकता पूँजी बजारकै पक्षमा रहेको बताएका छन् । सरकारले बाचा गरेर पूरा नगरेका मागहरूबारे ध्यानाकर्षण गर्न गएका लगानीकर्तासँग अर्थमन्त्री पौडेलले  पूँजी बजारसँग सम्बद्ध निकायका प्रमुख र जिम्मेवार अधिकारीहरुसँग तत्काल छलफल गर्ने बचन दिएका छन् ।
 
सरकार र नियमनकारी निकायहरुले दुई बर्ष अर्थात २०७५ सालमै पुरा गर्छु भनी बाचा गरेका कामहरु नहुँदा पूँजी बजार उच्च जोखिममा परेको भन्दै पूँजी बजार बिकास अभियानले आमरण अनशनको घोषणा गरेको छ ।
 
पूँजी बजार बिकास अभियानका संयोजक तिलक कोइरालाको समूहले माघ ८ गते सिंहदरबारमा अर्थमन्त्री बिष्णु पौडेललाई भेटी ५८ बुँदे मध्येका पूँजी बजारसँग प्रत्यक्ष रुपमा सम्बन्धित १८ वटा कामहरु तत्काल नभए फागुन १ गतेदेखि आमरण अनशन शुरु हुने जानकारी गराए ।
 
अर्थ मन्त्रालयले डेपुटी गभर्नरको संयोजत्कवमा गठन गरेको मुद्रा र पूँजी बजारसम्बन्धमा अध्ययन गर्न गठित समितिले समय तालिका र जिम्मेवार निकाय तोकी फिफारिस गरेका ५८ बुँदे सुझाव मध्ये पूँजी बजारसँग प्रत्यक्ष सम्बन्धित र अति महत्वपूर्ण १८ कामहरु नभएको भन्दै कोइरालाले अर्थमन्त्रीलाई लिखित रुपमा ध्यानाकर्षण गराएका छन् ।
 
अर्थमन्त्री पौडेलले आफ्नो प्राथमिकता पूँजी बजारकै पक्षमा रहेको भन्दै सम्बद्ध निकायका प्रमुख र जिम्मेवार अधिकारीहरुसँग तत्काल छलफल गर्ने बचन दिएका कोइरालाले बताए । पौडेलले भने, तपाइँले धेरै महत्वपूर्ण कुराको ध्यानाकर्षण गराउनुभयो, मेरो पनि कार्यसूची यही हो, राजनीतिक कारणले केही ढिला भए पनि अब तत्काल कदम चाल्छु ।
 
No comment yet. Be the first one to comment.