महासंघको निर्यात प्रवद्र्धन समिति विस्तार

महासंघको निर्यात प्रवद्र्धन समिति विस्तार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात समिति विस्तार गरेको छ । कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समिति आज विस्तार गरिएको हो । समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासंघको वाग्मती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चुनिएका छन । 

त्यसैगरी समितिका सदस्यमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहरा, नेपाल पश्मिना उद्योग संघका महासचिव अजयसिंह कार्की, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैँची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घका अध्यक्ष अमृत खड्का, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका उपाध्यक्ष समीरविक्रम शाह रहेको छन । 

त्यस्तै विशेष आमन्त्रित सदस्यमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सविनलाल प्रधान, नारायण गोपाल श्रेष्ठ, गलैँचा व्यवसायी दावा शेर्पा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यकारिणी समिति सदस्य सुसान्त चचान, नेपाल तयारी पोशाक उद्योग संघको महासचिव अशोक अग्रवाल, महिला उद्यमी महासंघ नेपालका रुक्मणिदेवी श्रेष्ठ, नेपाल रत्न तथा आभूषण संघका उपाध्यक्ष सुमन ताम्राकार रहेका छन।

समितिमा चुनिएका उद्यमी व्यवसायीलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको निर्यात प्रवद्र्धनमा समितिले सक्रियतापूर्वक कार्य गरी सिङ्गो समितिले निर्यात प्रवद्र्धनका विषयमा विज्ञ समूहका रुपमा काम गर्ने विश्वास आफूले गरेको बताएका छन । 

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिले उद्यमी व्यवसायीले निर्यातका क्रममा भोग्नु परेका समस्याको पहिचान गर्दै समाधानतर्फ सरकारमा ठोस सुझाव दिन सक्रियतापूर्वक लाग्नुपर्ने धारणा रखेका थिए । 

 

 

No comment yet. Be the first one to comment.