फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१ सुरु

फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१ सुरु
काठमाडौं । प्रिन्टिड्ड, प्याकेजिड्ड, पेपर, प्लास्टिक र प्रोसेसिड्ड उद्योगलाई आधार बनाई संचालन गरिएको ‘फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१’ बुधबारदेखि सुरु भएको छ । तीन दिन सम्म संचालन हुने एक्स्पोको बुधबार एक समारोहका बीच भर्चुअल माध्यमबाट उद्घाटन गरियो । 
 
बिगतका बर्षहरुमा भौतिक रुपमा एक्स्पोको आयोजन गर्ने गरिएको र गत बर्ष समेत काठमाडौंको भृकुटीमन्डमपमा आयोजना गरिएको भए पनि यस बर्ष कोभिड १९ को  कारण भर्चुअल माध्यमबाट एक्स्पोको आयोजना गरिएको हो ।  
 
एक्स्पोको उद्घाटन भारतका उद्योग तथा ब्यापार बिभागका निर्देशक आलोक मालभीया, नेपाल स्थित भारतीय राजदुताबासका प्रथम सचिव अभिशेख उपाध्याय, नेपाल मुद्रण उद्योग महासघका अध्यक्ष पुस्कल गौतम, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, भारतीय च्याम्बर अफ कमर्सका बिदेश बिभाग अध्यक्ष नवीन सर्दना र आयोजक संस्था फ्युचरेक्स ट्रेड एन्ड ईभेन्टका म्यानेजिड्ड डाईरेक्टर प्रेम अनवेशी र सुजल भट्टराई लगायतका बक्ताहरुले एक्स्पोको महत्वका बिषयमा जानाकारी गराउनु भएको थियो । 
 
उक्त एक्स्पोमा प्रिन्टिड्ड, प्याकेजिड्ड, पेपर, प्लास्टिक र प्रोसेसिड्ड उद्योगसंग सम्बन्धित नेपाल भारत लगायत बिभिन्न देशका उद्योगहरुले आफ्ना उत्पादन तथा प्रबिधिहरुलाई प्रदर्शनमा राखेका छन् । साथै उद्घाटन कै क्रममा करिव एक हजार जनाले भर्चुअल माध्यमबाट प्रदर्शनिको अवलोकन गरेका थिए । 
 
परिवर्तित समय अनुसार बिभिन्न उद्योगको क्षेत्रमा समेत प्रविधिको तिब्र रुपमा बिकास र परिवर्तनहरु भएकाले उक्त एक्स्पो नयां प्रविधिका बिषयमा ज्ञान लिन र अनलईनको माध्यमबाट खरिद तथा बिक्रि गर्नका लागि राम्रो अवसरको रुपमा रहेको बिश्वास आयोजक तथा सहभागीहरुले गरेका छन् ।                                                  
 
 
No comment yet. Be the first one to comment.