कतार एयरवेजद्वारा रियादको उडान पुनː सुरुवात

कतार एयरवेजद्वारा रियादको उडान पुनː सुरुवात
दोहा । कतार एयरवेजले दैनिक सेवाका साथ साउदी अरब अधिराज्यको लागि उडान फेरि सुरु गरेको छ ।
 
हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोहाबाट किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका लागि क्यूआर११६४ स्थानीय समय १३ः४५ बाट उडान भर्दै १५ः१० मा सुरक्षित रूपमा आफ्नो गन्तव्यमा अवतरण गरेको छ । उडान कतार एयरवेजको एयरबस ब्घछण्–ज्ञण्ण्ण् द्वारा सञ्चालन गरिएको थियो । 
 
यही साता कतार एयरवेजले जेद्दाहको लागि शुक्रबार जनवरी १५ ( क्यूआर११८८ दोहाबाट १८ः५० मा प्रस्थान) र दम्मानका लागि शनिबार जनवरी १६ (क्यूआर११५० दोहाबाट १७ः१० मा प्रस्थान) बाट उडान पुनː सुरुवात गर्दैछ । 
 
साउदी अरब अधिराज्यबाट यात्रुहरुले फेरि पनि कतार एयरवेजको लोकप्रिय क्युसुइटको लाभ उठाउन सक्नेछन् जसमा स्लाइड हुने ढोका तथा ‘डु नट डिस्टर्ब’ संकेत गर्ने इन्डिकेटर हुन्छ । क्युसुइटको सिट लेआउट ले यात्रुहरुलाई पूर्ण रुपमा निजी, आरामदायी तथा सुरक्षित यात्रा सुनिश्चित गर्दछ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय